प्रहरीकाे सक्रियता : १९ बर्षपछि फरार सहित ४ दिनमा २०७ जना पक्राउ

0
Quantam abroad studies

धनी राम काेरी , कपिलवस्तु 

कपिलवस्तु प्रहरीले सक्रिय रुपमा फरार अपराधीलाई  पक्राउ कार्यक्रमलाई सुरुवात गरेको ४ दिन भित्रमै २०७ जना फरार प्रतिवादिहरु पक्राउ गरेको छ । फरार पक्राउ कार्यक्रमको सुरुवातीको ४ दिनमै २०७ जना विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु जिल्ला प्रहरीले  पक्राउ गरिएको हो। 


 जसमा गत २६ गते मंगलबार ८१ जना , २७ गते बुधबार ७४ जना , २८ गते बिहिबार २२ जना र २९ गते शुक्रबार ३० जना गरि २०७ जनालाई प्रहरी फन्दामा ल्याईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी उपरीक्षक  दान बहादुर कार्किले जानाकारी दिनुभयो ।  लुटपिट र जालसाजि मुद्दामा २०५९/०२/१६ गते र २०५९/०३/३१ गतेको फैसलाले दोषि ठहरिएका २ जनालाई फैसलाको १९ बर्षपछि पक्राउ गरि सजाय भुक्तानको लागि कपिलवस्तु जिल्ला अदालतमा उस्तीत गराईएको प्रहरी नायब उपरीक्षक  धर्मराज भण्डारीले बताउनुभयो। बिहिबार सबारी ज्यान-३ जना, लुटपिट-२ जना , जालसाजि-२ जना , बनपैदवार , अंश, कुटपिट आदि गरि २२ जना पक्राउ परेको कपिलवस्तु प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो ।

त्यस्तै बिहिबार नै १० बर्षदेखि सवारी ज्यान मुद्दामा फरार रही १ बर्ष ८ महिना १८ दिन कैद बाँकि रहेका बाणगंगा नगरपालिका २ का सुरज बेल्बासे पनि पक्राउ परेका हुन् , वन समम्बन्धि कसुर गरि जनहि १ वर्ष कैद र २४,७०७ जरिबाना फैसला भएर बर्षौँदेखि फरार बाणगंगा नगरपालिका  १ र २ का जितराम थारु र कृष्ण थारुलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक दिनेश गुरुङले जानाकारी दिनुभयो। साथै बिहिबार जम्मा ३ वर्ष १० महिना १९ दिन कैद भुक्तान र १ लाख ९ हजार ३ सय ६५ रुपैयाँ जरिवाना असुलउपर गरिएको छ ।

sahani furniture udyog


 शुक्रबार ३० जना फरार प्रतिबादी पक्राउ गरि सजायँ भुक्तानको लागि  उपस्थित गराईएको छ। जालसाजी-२ जना , सवारी ज्यान-१ जना,  लागू औषध-१ जना , कुटपिट -१३ जना  आदि गरी विभिन्न मुद्धामा फरार रहेका  ३० जना प्रतिवादी पक्राउ गरिएको हो। शुक्रबार सबैभन्दा बढी पक्रनेमा क्रमश: वडा प्रहरी कार्यालय चन्द्रौटा , ईलाका प्रहरी कार्यालय गोरुसिङगे , कृष्णनगर , पिपरा , गणेशपुर र पकडी रहेका छन् । उत्प्रेरणायुक्त प्रतिस्पर्धात्मक वातावरण सृजना भएपश्चात फरार पक्राउमा सकृयता आएको प्रहरी निरिक्षक शंकर आचार्यले जानाकारी दिनुभयो । 


प्रहरी उपरीक्षक कार्की भन्नुहुन्छ “अपराध गरेर समाजलाई दुषित पारेर त्यहिँ समाजमा नै लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर बस्दैन बरु अपराध गर्नेलाई ढिलो छिटो प्रहरीले कानुनको दायरामा ल्याइ छाड्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तिब्रता दिएका हौँ” ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.