काेइलीबाट वेपत्ता पाैडेलकाे शव चाैथाे दिन फेला

0
Quantam abroad studies

धनी राम काेरी , कपिलवस्तु 

कपिलवस्तुको वाणगंगा नगरपालिका ९ कोइली खोलाले बगाएर बेपत्ता भएका पशुपती पौडेलको शव फेला परेको छ । अर्घाखाँची धारापानीका अन्दाजी ४० बर्षिय पशुपति पौडेल बिहिबार नदि तर्नेक्रममा कजवेपुलमाथि आएको बाढीले बगाएर बेपत्ता भएका थिए ।


पौडेलको शव  महाराजगंन्ज नगरपालिका वडा ८ सिंराहा स्थित बाणगंगा नदिकाे किनारमा शव फेला परेको प्रहरीले जनाएको छ । वि.अाे.पी. हर्दाैनाका सशस्त्र प्रहरी निरीक्षक कमलेश कुमार महताेकाे कमान्डर र हर्दाैना प्रहरी चाैकीका प्रहरी नायव निरीक्षक दिपक वस्यालकाे संयुक्त टाेलीले शवलाई नदिबाट बहिरा निकालेर सनाखत गरी नेपाल प्रहरीकाे टाेलीले करिब ४ बजेको शवलाई पाेष्ट मार्टमकाे लागि जिल्ला अस्पताल ता‌ैलिहवा लगिएको वि.अाे.पी. हर्दाैनाका सशस्त्र प्रहरी निरीक्षक कमलेश कुमार महताेले जानकारी दिनु भयो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.