राजविराज नगरपालिकामा भ्रष्टाचारको आडा १८ लाखको चैक कागजमै काटियो !

0
Quantam abroad studies

सप्तरी । मुलुक संघीयतामा गएसँगै सुशासन कायम हुनुपर्ने सर्वसाधारणकोअपेक्षा थियो। तर, स्थानीय तहमाआएका जनप्रतिनिधि र कर्मचारीको आतंकले बेथिति र विकृति मौलाएको देखिएका छन् भने सुशासन कायम हुनुको सट्टा मनोमानी र कुशासन बढेको छ ।

यस्तै मनोमानी र कुशासनको पछिल्लो संस्करण हो सप्तरीको राजविराज नगरपालिका । जहाँ साना कृषकहरुकालागि ल्याइएको कार्यक्रम पनि कागजमै देखाएर एक सहकारी संस्थाको नाममा चेक नै काटिसकेको पाइएको छ । ‘बाख्रा प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत नगरपालिकाको १८ लाख ६ हजार रुपैयाँको चेक काटिसकिएको हो ।

सो कार्यक्रम गर्न नगरपालिकाले वडा नम्वर–११ स्थित कृति कृषि सहकारी संस्थालाई दिइएको थियो । तर, संस्थाले काम भने गरेको छैन् । यद्यपी नगरपालिकाबाट चेक काटिसकिएको नगरपालिका श्रोतले जनाएको छ ।

sahani furniture udyog

कार्यक्रम अनुसार १५० जना कृषकलाई समूह बनाएर २/२ वटा बाख्रा र १/१ वटा बोका निशुल्क उपलब्ध गराउनुपर्ने थियो । तर कुनै पनि कृषकलाई बाख्रा र बोका दिइएको छैन् । उता, नगरपालिकाको पशुपक्षी विकास शाखाका प्रमुख प्रेमश्वर यादवले पनि बाख्रा वितरण नभएको स्वीकार गरे । ‘गुनासो आउन थालेपछि कार्यक्रम नै नभएको कुरा जानकारीमा आयो’ उनले भने–‘सहकारीले कागजमा काम पूरा गरिसकेको देखिएकाले भुक्तानी गर्न चेक काटिएको थियो तर कार्यक्रम नगरेको पाइएपछि जारी भएको चेक रोक्का गरिएको छ ।’

अनुगमन विना नै कसरी चेक जारी भयो? भन्ने प्रश्नमा यादवले असार मसान्तमा समय अभावका कारण अनुगमन गर्न नसकिएको बताए।‘हामीले अनुगमन गर्नुपर्ने थियो, तर असार मसान्तमा थोरै समय रहेकाले विश्वास गरेर चेक दिएका थियौं ’ उनले भने ‘ कार्यक्रम नै नगरेको पाइएपछि चेक रोक्का गरेका हौं ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापाले आफुहरुबाट त्रुटि हुन गएको बताए।चेक इस्सु गर्नुभन्दा अघि हामीले कार्यक्रम भएको विषयमा यकिन गर्नुपर्ने थियो, त्यसो चैं हामीले गर्न सकेनौं, हामीबाट त्रुटि भएकै हो’ उनले भने–‘अब कार्यक्रम सम्पन्न गरे मात्रै भुक्तानी हुन्छ, अन्यथा भुक्तानी रोक्का नै रहन्छ ।’

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.