शहवाज खान / कपिलवस्तु
कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं. १ डुमाई स्थित नेपाल भारत सिमावर्ति क्षेत्रमा अबैध चल्ला बरामद भएको छ ।
शनिबार अथात आसोज २ गते राती करिब १०-११ बजेको बिचमा भारतबाट मानिसले टाउकोमा बोकि नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको बोईलर कुखराको ४,२०० वटा चल्ला प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्र.नि. शुकदेब पौडेल को नेतृत्वमा खटिएको प्रहरी टोलीले अबैध रुपामा चल्ला ओसारपसार गर्ने देखेपछि मानिस समेतलाई नियन्त्रणमा लिन खोज्दा उक्त बोईलर कुखुराको चल्ला सोही स्थानमा बेबारिसे अबस्थामा छाडी (फाली) मानिस फरार भएका थिए । त्यसपश्चात प्रहरीले उक्त चल्ला आफ्नो नियन्त्रणमा लिएको थियो ।
यसैगरी सबै प्रक्रिया पुरा गरि उक्त बोईलर कुखुराको चल्ला लुम्बिनी हेचरी संघ रुपन्देहीका प्रतिनिधी , पशु क्वारेन्टाईनका कर्मचारी, स्थानिय जन प्रतिनिधी र पत्रकार तथा स्थानिय बुद्धीजिवी समेतको रोहवरमा असोज ०३ गते आइतबार बिहान १०:३० बजेको समयमा नस्ट गरिएको छ ।
कृष्णनगर नगरपालिका वडा नं. ४ स्थित चरङगहवा खोला किनाराको खाली जग्गामा खाडल खनी उक्त चल्लाहरु गाडी नष्ट गरिएको छ ।