
कपिलवस्तु , असोज १०
बिगत केही समय देखी निर्माधीन रहेको हुलाकी मार्गले निर्माण कार्यमा गति नलिंदा तौलिहवा क्षेत्र लगायतका सर्ब साधारणलाई आवतजावतमा समस्या परीरहेको छ ।
निर्माण कार्यमा ढिलाई हुदा सार्ब साधारण लगायत सम्पुर्ण नागरिक समाज तथा स्थानियहरुलाई निकै समस्य परिरहेको छ ।यसै बिषयलाई मध्यनजर गरी आज संबाद समूह कपिलवस्तुले सरोकारवालाहरु संगको गरेको अन्तरक्रिय कार्यक्रममा सम्बन्धित सबैले समस्याको महसुसी करण गरी सड्क निर्माण कर्य तथा ब्यवस्थापनमा सहयोग पुर्याउन प्रतिबद्धता ब्यक्त गरेका छन ।संबाद समूह कपिलवस्तुले आज तौलिहवामा , तौलिहवा सड्क निर्माण तथा ब्यवस्थापनमा सरोकारवालाहरुको भूमिका बिषयमा अन्तरक्रिया गरेको हो ।
प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपाल बिद्युत प्राधिकरण तौलिहवा शाखा , नेपाल टेलीकम , नेपाल खानेपानी संस्थान , निमार्ण ब्यवसायी संघ , कपिलवस्तु नगरपालिकाका वार्ड नं १, २, र ३ का वाडा अध्यक्ष तथा प्रतिनिधी ,हुलाकी रोडका ईन्जिनियर , सड्क कार्यलयका प्रतिनिधी लगायतको उपस्थितीमा संबाद भएको हो मुख्य रुपमा खानेपानी कार्यलयले जमिमुनिरहेका खानेपानीका पाईपहरु समयमै ब्यवस्थापन नगरिदा बाटोको निर्माण कार्य अवरुद्ध रहेको बताईएको छ । त्यसै गरी बिद्युत का नेपाल टेलिकमका पोल तथा तारहरु समस्याका रुपमा देखिएका छन ।

यि कार्यहरुलाई आआफ्नो कार्यालयको तर्फबाट यथा सिघ्र ब्यवस्थापन गर्ने सम्बन्धित सरोकारवालाहरुले प्रतिबद्धता जानाएका छन् । त्यसै गरी जिल्ला प्रशासन कार्यालय अगाडी रहेको बुद्धको मुर्ती , स्वर्गिय भगवानदाश गुप्ताको शालिक र महेन्द्र गेटलाई ब्यवस्थापन गर्नको लागी नगरपालिकाको बैठकमा कुरा राख्ने वाडा अध्यक्ष रामभजन कलवार र सुदीप पौडेलले प्रतिबद्धता जनाएका छन् ।
उता हुलाकी मार्ग निर्माणका ईन्जिनियर शरद अचार्यले सबै कुरा ब्यवस्थित भएको खण्डमा दुई महिनाभित्रै कार्य सम्पन्न गर्ने बताउनु भएको छ ।


