भाडादर कायम गराउन प्रशासनद्वारा अनुगमन , प्रत्येक जिपमा भाडादर नटासीए कार्वाही गरिने सिडियाेकाे चेतावनी

उत्तमकुमार थापा , बझङ
जिल्ला प्रशासन कार्यालय बझाङद्वारा भाडादर कायम गर्न सडकमा अनुगमन गरिएको छ ।
जिल्ला भित्र चल्ने जिपहरुमा केही समय अगाडि सबै स्थानीय तहका जनप्रतिनिधि र सराेकारवाला विच अन्तरक्रिया कार्यक्रम गर्दै,पक्की सडकमा प्रतिकिलोमिटर ७ रुपैयाँ र ग्रामीण सडक खण्ड कच्चिमा १२ रुपैयाँ भाडादर लिने निणर्य गरिएको थियाे ।
जिप व्यावसायी र सराेकारवाला विच भएको सहमति अनुसार पछिल्लो समय भाडादर कायम भयाे कि भएन भन्दै , आज प्रमुख जिल्ला अधिकारी माेहन अधिकारी र जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्का सहितकाे टाेलीले चैनपुर देखि बागथाला सम्म अनुगमन गरेकाे हाे । आज अनुगम गर्दा पहिले जिप सँञ्चालकरुले महङ्गो भाडा लिदै अाफुलाइ लुट्ने गरेको र अहिले भाडादर कायम भए पछि भाडा घटेको भन्दै यात्रुमा खुसियाली छाएकाे छ । अहिले भाडादर कायम गरेपछि सवारी तथा यात्रुहरु ताेकिएकाे भाडादर तिरेर सर्वसुलभ मुल्यमा चैनपुर अाउन जान पाएकाे यात्रुहरुकाे भनाइ छ ।

अाजै अनुगमनकाे क्रममा प्रमुख जिल्ला अधिकारीले सडककाे विभिन्न ठाउँमा सवारी साधन राेकेर प्रत्येक सवारीसाधनमा भाडादर टासेर राख्न अनुराेध गर्दै, नियम अनुसारको भाडा लिन पनि चेतावनी दिनुभएको थियाे । यदि कसैले नियमको उलङ्घन गरेमा कानुनी कार्वाही गरिने सिडियाे अधिकारीकाे भनाइ छ । त्यसै विच डिएसपी रुपक खड्काले भने, नियम अनुसार मात्र भाडा तिर्न अनुराेध गर्दै कसैले नियम भन्दा धेरै भाडा लिएमा तुरुन्तै प्रहरीलाई खवर गर्न अनुराेध गर्नुकाे साथै सबैलाई सचेत रहन अाग्रह गरिएको हाे ।भाेली देखि गाडीमा भाडादर कायम गरेको मूल्य सवारीसाधनमा नटासेकाे भए कार्वाही गरिने उनको भनाइ छ ।
जिल्लामा यसरी भाडादर कायम भएकोमा सबै जिल्ला बासि खुसी भएको छन ।

