अपाङ्गता दिवसको अवसरमा अपांग भएको व्यक्तिलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम

0
Quantam abroad studies

कृष्ण पौडेल, विजयनगर ।
३० औै राष्ट्रिय अपांगता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा अपागंता भएका व्यक्तिलाई सम्मान तथा अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार गाँउपालिकामा ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाएको हो ।

कपिलवस्तुको विजयनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा वोल्ने अधिंकाश व्यक्क्ताहरुले अधिकार रहेपनि कार्यन्वयन नभएको दावि गरेका छन । विजयनगर गाँउपालिकाको वडा न। ६ को हरिबोध प्र।वि मा भएको उक्त कार्यक्रममा सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापाले व्यानर पढेर उद्ध्रघाटन गर्नु भएको थियो भने अपागंता भएका व्यक्तिलाई सहज र उनिहरुले सक्दो रोजगारीको ब्यवस्था गर्नुपर्ने जिकिर गर्नु भयो ।

अपांगता भएका व्यक्तिको ईच्छा आंकक्षा बुझेर उनिहरुलाई आवश्यक सिपमुलक तालिम दिने जानकारी दिनुभयो । रोजगारी सिर्जना गरेर उनिहरुलाई आत्मनिर्भर बनाउने आफ्नो उद्देश्य रहेको वतानुभयो ।
त्यस्तै कार्यक्रम लाई सम्बोधन गर्दै गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले पालिकामा १ सय ९० भन्दा वढी अपागंता भएका व्यक्ति रहेको जानकारी दिनुभएको छ ।

sahani furniture udyog

पालिकाले उक्त नागरिकलाई विभिन्न सेवा प्रदान गरिरहेको समेत जनाकारी दिनुभएको छ । सिपमुलक तालिमहरु पालिकाको वार्षिक कार्यक्रममा रहेको भन्दै उक्त तालिममा सहभागी हुन समेत अपिल गर्नु भएको छ । अपागंता भएका व्यक्तिलाई टिका लगाएर दोसल्ला ओढएर सम्मान गर्नु पाउँदा खुसी व्यक्त गर्नु भयो ।

विजयनगरका अपागं संघका अध्यक्ष दुर्गा प्रसाद काफ्लेले विभिन्न समयमा अपागंता भएका व्यक्तिलाई सहयोग गर्दै आएको र निरन्तरता दिने अनुरोध गर्नु भएको छ । त्यस्तै कार्यक्रमको स्वागत मन्तव्य राम प्रसाद लोनियाको रहेको थियो भने कार्यक्रमको संचालन राधिका सापकोटाले गर्नु भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.