‘शिक्षामा सत्यनिष्ठा’ फरक विषयमा पहिलो पटक तालिम सम्पन्न

0
Quantam abroad studies

रामसेवक यादव , १९ मंसिर
विद्यालयको शैक्षिक गुणस्तरलाई प्रभावकारी तथा सुधारात्मकतिर लैजानको लागि शिक्षक तथा विद्यालय व्यवस्थापन समितिभित्र सत्यनिष्ठाको आवश्यकता अपरिहार्य हुने भन्ने मूल विषयमा आधारित लुम्बिनी प्रदेशमा नै पहिलो पटक फरक विषयमा ‘शिक्षामा सत्यनिष्ठा’ विषेयक तीन दिने तालिम सम्पन्न भएको छ ।

शिक्षकबाट हुने शिक्षण सिकाइ क्रियाकलापलाई उद्देश्यमूलक बनाउन तथा विद्यालयमा वर्तमान अवस्थामा सत्यनिष्ठासहित पठनपाठन , समयको सदुपयोग , उत्तरदायित्व बहन र नीतिभन्दा पनि माथि उठेर शिक्षण सिकाइमा गुणस्तरीयता ल्याउन प्रोत्साहित गर्ने ध्येयका साथ तालिमको आयोजना गरिएको वताइएको छ । विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको विद्यालयप्रतिको सकारात्मक सोचाइ तथा प्रोत्साहित गर्ने , विद्यालयको वर्तमान अवस्थाको विश्लेषण , समस्याहरुको पहिचान तथा समाधानको उपायबारे सामूहिक छलफल गर्दै सामुदायिक विद्यालयहरुको सिकाइ उपलब्धी प्रभावकारी बनाउने विषयमा शिक्षक , प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिको भूमिकाको बारेमा सैद्धान्ति तथा व्यवहारिक पक्षको बारेमा प्रशिक्षक टिकाराम पोखरेलद्वारा प्रशिक्षण गरिएको थियो ।

विद्यालयमा शुसाशन कायम गरी , विद्यार्थीको चौतर्फी विकास गर्न तथा आइपर्ने समस्याहरुको समाधान गर्नका लागि शिक्षक तथा प्रधानाध्यपकहरुले के कस्तो र कसरी भूमिका निर्वाह गर्न सक्छन् ? शिक्षकको नैतिकता तथा उत्तरदायित्व के हुने ? पेसाप्रति कसरी इमानदार बन्ने र अरुलाई बनाउन प्रोत्साहित गर्ने ? आत्ममूल्याङ्क गरी आफूले आफैलाई कसरी परिवर्तन गर्ने ? नेतृत्व क्षमता तथा वृत्ति विकासमा सत्यनिष्ठाको प्रभाव के हुन सक्छ ? जस्ता विषयमा ‘शिक्षामा सत्यनिष्ठा’ विषेयक तालिम केन्द्रित रहेको थियो । साथै तालिममा सहभागीहरुले ‘शिक्षामा सत्यनिष्ठा’ कार्यक्रम कार्यन्वयनको लागि अन्तिम सत्रमा कार्ययोजना समेत निर्माण गरेका थिए । सोही कार्ययोजनाको आधारमा अगामि दिनमा शैक्षिक सुधार गर्दै जाने र सोही आधारमा नै मूल्याङ्कन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

sahani furniture udyog

कपिलवस्तुको मायादेवी गाउँपालिकामा सनशाईन सामाजिक विकास संस्था तथा युनाइटेड मिसन टु नेपालको संयुक्त साझेदारी तथा मायादेवी गाउँपालिकाको समन्वयमा संचालित परिवर्तनका लागि युवा तथा बालबालिका कार्यक्रम अन्तर्गत उक्क्त तालिमको आयोजना गरिएको थियो । तालिममा मायादेवी गाउँपालिकाका १३ ओटा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यही २०७८ मंसिर १७ गतेदेखि २०७८ मंसिर १९ गतेसम्म लुम्बिनीमा संचालन भएको तालिममा सनशाईन सामाजिक विकास संस्था , युनायटेड मिसन टु नेपाल तथा मायादेवी गाउँपालिकाका प्रतिनिधिहरुको पनि सक्रिय सहभागिता रहेको थियो । तालिमको समापन समारोहमा बोल्ने अतिथि वक्ताहरुले शिक्षकले चाहेको खण्डमा न्युनतम पूर्वाधार तथा प्रतिकूल परिस्थितिमा पनि गुणस्तरीय शिक्षा दिन सक्ने धारणा व्यक्त गरेका थिए ।

गुणस्तरीय शिक्षाको लागि ‘शिक्षामा सत्यनिष्ठा’ शब्द नै आफैमा पूर्ण रहेको र यसको प्रयोगले समुदायमा शैक्षिक समृद्धिको लागि काफी हुने कुरा वताएका थिए । सामुदायिक विद्यालयमा अति गरीब तथा विपन्न परिवारका अधिकांश बालबालिकाहरु अध्ययन गर्ने भएको र निजको शिक्षा दिने जिम्मेवारी बहन गर्न कुनै कसुर बाँकी नराख्न हामी सम्पूर्ण शिक्षकको दायित्व भएको कुरामा जोड दिइएको थियो । वर्तमान अवस्थामा अन्य पूर्वाधारको भन्दा ‘शिक्षामा सत्यनिष्ठा’ को आवश्यकता भएको महत्व यु एम एन का जिल्ला कार्यक्रम संयोजक नवराज जोशीले वताएका थिए ।

तालिम मुनेश्वर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुमताज नाऊको अध्यक्षता , मायादेवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख अमिन कुर्मीको प्रमुख अतिथ्यता तथा संस्थाका अध्यक्ष शिवलाल यादवको विशिष्ठ अतिथ्यतामा समापन भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.