महिला सशक्तीकरणका लागि ‘उठ छोरी परिवर्तनका लागि’ अभियान

0
Quantam abroad studies

एसएमन्युज
खोटाङ, २२ मंसिर

खोटाङका चार किशोरीले महिलाको सशक्तीकरणका लागि ‘उठ छोरी परिवर्तनका लागि’ अभियान थालेका छन् ।

जनचेतनाको माध्यमबाट लैंगिक विभेद एवं महिला हिंसा न्यूनीकरणमा टेवा पुर्‍याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी २१ वर्षीया ‘सुनाखरी’ निर्मला आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी १९ वर्षीया सुलोचना आचार्य, नेर्पाकी २० वर्षीया यशोदा रिजाल र एेंसेलुखर्क गाउँपालिकाकी २१ वर्षीया रोजिना दमाईले लागि ‘उठ छोरी परिवर्तनका लागि’ अभियान थालेका हुन् ।

sahani furniture udyog

महिलामाथि हुने सामाजिक विभेद एवं हिंसाको न्यूनीकरणका लागि चार युवतीले ‘म छोरी हो तर कमजोरी होइन’ नामक समुह बनाएर १९ मंसिरदेखि कालिका मावि नेर्पाबाट अभियान थालेका हुन् । 

हप्ता दिन वा १५ दिनको अन्तरालमा विभिन्न विद्यालय वा गाउँमा भेला गरेर महिलाको सशक्तीकरणका सवालमा निरन्तर अभियान सञ्चालन गरिने समुहकी ‘सुनाखरी’ निर्मला आचार्यले बताइन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.