मध्य रातिमा भित्र्याइएको लाखौंको कपडा कृष्णनगर भन्सार गस्ती टोलीको नियन्त्रणमा

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
मध्य रातिमा भित्र्याइएको लाखौंको कपडा कृष्णनगर भन्सार गस्ती टोलीले नियन्त्रणमा लिएको छ । भन्सार कार्यलय कृष्णनगरको रात्री गस्ती टोलीले मंगलवार राति अवैध भारतीय कपड़ा नियन्त्रणमा लिएको हो।

मंगलवार रात्रि भन्सार कार्यलय कृष्णानगर बाट खटेको गस्ती टोलीले कृष्णनगर नगरपालिका वडा नं.३ चैपुरवा गाउँबाट ३ आटो रिक्सा सहित १३ लाख बराबरको भारतीय अबैध कपडा ३जना चालकहरुलाई समेत नियन्त्रणमा लिएको कृष्णनगर भन्सार कार्यलय प्रमुख जनार्दन पौडेलले बताएका छन। नियन्त्रणमा लिएका ३जना आटो चालकहरुलाई इलाका प्रहरी कार्यलय कृष्णानगरको हिरासत कक्षमा राखि थप अनुसंधान‌ भइरहेको छ।

कृष्णनगर सिमा क्षेत्रमा कपडा लगायतका अन्य अवैध कारोबार लगातार चलिरहेको छ। नाम नखुलाउने शर्तमा एक जना स्थानीयले बताए कि मंगलवार राति भन्सार कार्यलय कृष्णनगरले समातेको कपड़ा कृष्णनगरकै तस्करहरुको थियो। कृष्णानगरका तस्करहरु नेपालको चन्द्रौटा दाङ्ग तुलसीपुर प्युठान अर्घाखाची पाल्पा बुटवल लगायतका ठुलठुला बाजारहरुमा पुराउने काम गर्दै छन। सिमा सुरक्षा तथा अवैध चोरी निकासी पैठारी नियन्त्रण गर्नका लागि खटेका सशस्त्र प्रहरी बलको आखा छली राजस्व चुहावट गर्दै आटो रिक्शा,मोटर साइकल तथा सार्वजनिक यातायात बसहरुको प्रयोग गरि नेपालका ती बाजारहरुमा पुर्याउने गरेका छन।

sahani furniture udyog

सिमा सुरक्षा तथा अवैध कारोबार नियन्त्रण गर्नको लागि खटिएको सशस्त्र प्रहरी बल नेपाल कृष्णनगरको सिमा निगरानीमा चरम लापरवाहीको कारणले अवैध करोबारी तस्करहरुको रजाइँ भएकोछ।

सिमामा सुरक्षाकर्मी हुँदाहुँदै पनि सिमा देखि अन्दाजी १किलो मीटर भित्र नेपालमा अवैध तरिकाले भारतीय कपड़ा भित्राए पछि भन्सार कार्यलय‌ कृष्णानगरले नियन्त्रणमा लिदा सिमा सुरक्षामा खटेका सशस्त्र प्रहरी बल‌ अन्य निकायद्वारा ठुलै लापरवाही साबित हुदैछ। यस्ता लापरवाहीले तस्करहरुको मनोबल बढदै गएको छ।

राजस्व चुहावट बढदै गएपछि देशको आर्थिक स्थिती समेत प्रभावित हुन सक्ने बिज्ञलेअनुमान गरि रहेका छन।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.