अन्याय र अपमानित भएपछि नेतृ झा पार्टीबाट निष्क्रिय हुने

0
Quantam abroad studies

मंसिर २६,२०७८
काठमाडौं
संविधानसभा सदस्य तथा नेकपा(एमाले)प्रदेश कमिटी सदस्य रन्जु झा ठाकुरले पार्टीबाट निष्क्रिय हुने बताएकी छिन।

नेकपा(एमाले)को आज बसेको केन्द्रिय कमिटीको दोस्रो पुर्ण बैठकबाट केन्द्रिय सदस्यमा नेत्री ठाकुरलाई मनोनीत नगरेकाले सो पार्टीमा बस्न सक्ने स्थिति नरहेको बताउनुभयो।

sahani furniture udyog

पार्टीका अध्यक्ष केपी शर्मा ओलि र बर्तमान महासचिव शंकर पोखरेलबाट समेत केन्द्रिय कमिटीमा ल्याउने आश्वासन पाएकी ठाकुर अनन्त केन्द्रिय कमिटीमा मनोनीत नभएपछी अन्याय भएको बताउछिन् ।जिल्लाकै केहि नेताहरुको बेइमानीपुर्ण मनसायका कारण आफू मनोनीत हुन् नसकेको बताए ।पार्टी चरम गुटबन्दी र चाटुकारहरुको हालीमुहाली छ।ईमानदार र कर्तव्यबोध हुने दायित्व निर्वाहमा रातदिन खट्ने कार्यकर्ताको भन्दा चाटुकारहरु,गुटबन्दी कुरा गर्नेहरू,अगाडिपछाडि गर्नेहरुको हालीमुहाली छ।यस्तो स्थितिमा यसैपार्टीमा बसेर राजनीतिक गर्नसक्ने स्थिति नरहेको बताउछिन।

नेतृ ठाकुर २०४१ सालदेखी एमालेमा सक्रिय छिन।अनेरास्ववियुबाट राजनीतिक शुरुआत गरेकी नेतृ झा संविधान निर्माणमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकी छिन।आठौं महाधिवेशनबाट केन्द्रिय सदस्य पदको उम्मेदवारी फिर्ता लिएकी उहाँलाई विशेष परिस्थितिका कारण जनाउँदै नवौं महाधिवेशनमा समेत उम्मेदवारी फिर्ता गर्न लगाएको थियो।दसौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन सम्पन्न गराएपछि केन्द्रिय सदस्यमा मनोनीत गर्ने आश्वासन अध्यक्ष ओलिबाटै पाएकी थिईन।तर यसपटक पनि केन्द्रिय सदस्यमा ल्याउन नसकेपछि अब पार्टीमा निष्क्रिय हुने बताउनुभयो ।उहाँले राजनीतिक गर्नैपर्ने परिस्थिति निर्माण भयो भने नयाँ सोचका साथ अगाडि बढ्ने जनाउनु भएकी छिन।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.