हिन्दुवादी संगठनहरुकाे पहलमा ७७ गाईगोरु तस्करबाट मुक्त

0
Quantam abroad studies

धनी राम काेरी , कपिलवस्तु
जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा नं ११ काे शंकरपुरकाे उत्तर तर्फ शब्बीर मुसलमान (काल्लु) काे बगैंचामा गए राति करिब ८ बजे हिन्दुवादी संगठनहरु द्वारा ७७ वटा गाई फेला पारिएको छ ।

बगैंचा भित्र गाई रहेको स्थानमा कपडा , डाेरी , सानाे चक्कु , भिजडिङ्ग कार्ड , बरस , झाेला लगायत गाडीमा चढाउनकाे लागि माटो समेत रहेको थियो ।

हिन्दु युवा शक्ति कपिलवस्तु , महाकाल सामाजिक संस्था र नेपाल विश्व हिन्दु महासंघ काे सहकार्यमा अनि नेपाल प्रहरी र सशस्त्र प्रहरी काे संयुक्त काे सहयोगमा शंकरपर गाउँमा गाई समात्न सफल भएका छन् । हिन्दुवादी संगठनहरु काे सदस्य र अगुवाहरुले विषेश सुचना काे अाधारमा राति छापा मर्दा गाई मात्र समात्न सफल भए त्यस मा संग्लन मान्छेहरु भाग्न सफल भए थिए ।

शंकरपुर गाउँ मा ३/४ पटक गाईहरु यहाँ बाट बहिरा लगिएको स्थानीयले स्वीकार गरेका छन् । त्यहा का केही स्थानीयहरुले भने कि याे काम भने काे नियम कानुन विपरीत रहे त पनि ३/४ जना मात्र याे काम गर्दै छन तर गाउँका सबै व्यक्तिहरुकाे इज्जत गाइरहेकाे पनि भने ।

बाधिए काे अवस्थामा ७७ वटा गाई लाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले हिन्दुवादी संगठनलाई जिम्मा लगाइएको छ अनि गाइहरुलाई बुद्धभुमि नगरपालिका रहेको माैनीबाबा काे गाै साला मा लागेर राख्ने व्यवस्था गरेका छाै । यस्ताे अपराधहरुलाइ राेक्न काे लागि हाम्रो संगठनले दिनरात लागेर काम गरिरहेकाे हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले बताउनु भयो ।

sahani furniture udyog

त्यस्तै हिन्दुहरुले अा-अाफ्नाे ठाउँबाट सचेत हुन अावश्यक रहेको पाइन्छ । हिन्दुहरुकाे संख्या धेरै भए पनि हामी धेरै ठाउँमा कमजोर देखेका छाै किन कि हिन्दुहरुमा एकता नभएका ले हामी विस्तारै कमजोर हुद‌ गएका छाै । सबैले हिन्दुहरुलाई एकीकृत हुनकाे लागि महाकाल सामाजिक संस्था का अध्यक्ष धर्मराज विश्वकर्माले बताउनु भयो ।

उक्त स्थान मा वडा नं ११ का अध्यक्ष जगदीश तिवारी , नेपाल प्रहरी , सशस्त्र प्रहरी , संचारकर्मी , स्थानीय , हिन्दु युवा शक्ति कपिलवस्तु , महाकाल सामाजिक संस्थाका र नेपाल विश्व हिन्दु महासंघका पदाधिकारीहरु लगायत सदस्यहरुकाे राेहबर मा गाइहरुलाई उचित व्यवस्थापन काे लागि तीन वाटै हिन्दुवादी संगठन लाई जिम्मेवारी लगाइएको हाे ।

हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेय , महासचिव विष्णु प्रसाद तिवारी , सचिव अभिषेक मणि यादव , प्रेस सल्लाहकार धनी राम काेरी , बुद्धभुमि नगरपालिका का नगर अध्यक्ष सुदिप पाैडेल , उपाध्यक्ष विवेक जंग राणा , सचिव अरुण तिवारी , मायादेवी गाउपालिका अध्यक्ष देवेन्द्र बर्मा , शुद्धाेधन गाउपालिका अध्यक्ष राजेश तिवारी , कृष्णनगर नगरपालिका का नगर उपाध्यक्ष घनश्याम यादव , महाकाल सामाजिक संस्था का अध्यक्ष धर्मराज विश्वकर्मा , महासचिव जितेन्द्र माैर्या , सुनिल शुक्ला , नेपाल विश्व हिन्दु महासंघ का जिल्ला अध्यक्ष टाेमनाथ चाैधरी , सचिव सुकदेव यादव , बुद्धभुमि नगरपालिका नगर अध्यक्ष संत मिलन सिंह लगायत सदस्यहरु काे पनि उपस्थिति रहेका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.