छिन्नमस्ता अस्पतालमा डा संतोषद्वारा तीनवटा जुम्लया बच्चाको उद्दार

0
Quantam abroad studies

नबिन यादव / सप्तरी
सप्तरीको छिन्नमस्ता अस्पतालमा एक जना महिलालाई सफल शल्यक्रियाद्वारा डाक्टर संतोस झाले तीनवटा जुम्लया छोरालाई उद्दार गरेका हुन् ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वाड नं- ८ तोपा बजार माईती रहेकी मनिता देवी सदा गर्भवती भए पश्चात चेक जाँच गराउँदा तीनवटा जुम्लया बच्चा रहेकी मनिताको परिवारलाई सुनाउँदा, उहाको परिबारमा डर लाग्दो रूवा बासी हुन थाल्यो, तर बरिष्ठ महिला विभागको डाक्टर संतोष झाको सल्लाह सुझाव पाउँदा मनिताको मुखमा हाँसो देखियो, मनिताकी आमा रमिता देवी सदा बताउँछिन्।

sahani furniture udyog

मनिताको साँसुको घर सप्तरीको सखडा गोविन्दपुर रहेको छ, उनी सोमबार सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा जेकजाँच गराउदा उतै भर्ना भएर बसेकी थिईन, तर वहाको परिवारमा तीनवटा जुम्लया गर्भमा बच्चा रहेकी रहस्य सुन्दा, परिवारजनमा हलचल मच्यो र उहाँको आफन्त डाक्टर संतोष झा संग सल्लाह सुझाव लिदै, सप्तरीको छिन्नमस्ता अस्पतालमा आज शनिबार दिनको १ बजे सफल शल्यक्रिया द्वारा तीनवटा जुम्लया छोराको श-कुसल उद्दार भएको छ ।

पहिलो छोरा १२ सय ग्राम , दोस्रो छोरा ११ सय ग्राम, तेस्रो छोरा ९ सय ग्रामको रहेको मेडिकल ओफिसर डाक्टर तेजनरायण साहले बताउनु भएको छ । वहाको अनुसार गर्भवती महिलाको गर्भ ३० हप्तासम्म मात्र पुगेको, बच्चा सफल शल्यक्रियाबाट डाक्टर संतोष झाले गराउदा, तीनै बच्चाको स्वास्थ्य निक्कै देखा परेको छ तर शरीरको विभिन्न अंगको विकास नभएको कारणले केही समस्या हुन सक्ने बताउनु भएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.