पीडित बचतकर्ताले चाडै न्याय पाउनेछन् – पुर्ब मन्त्री बलदेव

0
Quantam abroad studies

गणेश श्रीवास्तव , कपिलबस्तु

जिल्लाको सदरमुकाम तौलिहवामा रहेको कपिलबस्तु बचत तथा ऋण सहरकारी संस्थाको बचतकर्ताहरुको रकम हिनामिना भएको करिब तिन बर्ष हुँदा पनि पुछिएन पीडितको आशु ।

पीडितले समयमा न्याय नपाउदा न्यायका लागी दौडधुप शुरु गरेका छन् । सैयोको संख्यामा पीड़ित बचतकर्ताहरु केहि दिन अघि जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र कपिलवस्तु जिल्ला अदालत अगाडी न्यायका लागी बिरोध प्रदर्शन गरेका थिए । यसैक्रममा आज पीडित बचतकर्ताहरुको समुहले कवनपा ३ भवानी भिक्षु स्थित ने. का. पा. (माओवादी केन्द्र) को जिल्ला पार्टी कार्यालमा गइ न्याय दिलाइ आफ्नो मिहेनतको पैसा यथाशीघ्र उपलब्ध गराउन पहल र सहयोग गर्दिन अनुरोध गरेका थिए ।

ने.का.पा. (माओवादी केन्द्र) लुम्बिनी प्रदेश इंचार्ज पूर्व मंत्री चक्रपणि खनाल ( बलदेव ) र ने.का.पा.( माओवादी केन्द्र) कपिलवस्तु नगरपालिकाका नगर अध्यक्ष शत्रुघन चौधरीलाइ भेटी सहयोगको अपील गरेका थिए । बचतकर्ताहरुको समस्या न्याय पालिकामा रहेको र चाडै समस्या समाधान हुने पुर्ब मन्त्री बलदेवले पीडितहरुलाइ आश्वासन दिएका थिए । पुर्ब मन्त्री बलदेवले पीडित बचतकर्ताहरुले आफ्नो मिहेनत गरि जम्मा गरेको एक एक रुपैयाँ पाउने र दोषीले कडा साजाय पाउने समेत बताए । उनले आफु र आफ्नो पार्टी सधैं पीडितको पक्षमा रहेको र न्याय दिलाउन अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

sahani furniture udyog

यसैगरी कपिलवस्तु नगरपालिकाका माओवादी केन्द्र नगर अध्यक्ष शत्रुघन चौधरीले पीडितलाइ न्याय दिलाउन आफुले कड़ा आन्दोलन गर्नु परे पनि पछि नहटने र जसरी भए पनि पीडित बचतकर्तालाइ न्याय दिलाउने बताएका छन् ।

तिन बर्ष अघि कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको कर्मचारीहरु बाटै करिब १२ करोडको ठगी भएपछि सयौं बचतकर्ताहरु पीडित बन्न पुगेका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.