
कृष्णानगर / कपिलवस्तु
नेपाल नेत्र ज्योति संघ, छन्द (कालेबाबु) नारायणी अँखा अस्पताल बहादुरगंजको आयोजना तथा प्राविधिक सहयोगमा कृष्णानगर नगरपालिका वड़ा नं.१० को बकौली तथा अमौलीमा संचालन भएको २ दिने अँखा चेकजाच शिवीरमा २७३ जना बिरामीको अँखा चेकजाच गर्दा ६१ जना मोतिया बिन्दका बिरामी भेटिएका छन् ।
संचारक्रमी शहबाज खान र युवा व्यापारी नसरुल्लाह खाको पहलमा छन्द कालेबाबु नारायणी अँखा अस्पताल बहादुरगंजले आफ्नै सवारी साधन प्रयोग गरि विरामीहरुलाई अस्पताल लगि ६१ जनाको निशुल्क आप्रेशन गर्ने तैयारी गरेको र ७५ जना अँखा विरामीलाई चश्मा तथा १२० जनालाई औषधी वितरण गरेको उक्त अस्पतालका प्रशासनले बताएको छ।
नेत्र ज्योति संघ, छन्द (कालेबाबु) नारायणी अँखा अस्पताल बहादुरगंजले कपिलवस्तु जिल्ला भरिको ग्रामीण क्षेत्रमा पुंगेर अस्पताल सम्मा पुग्ना नसक्ने गरिब पिडीत असक्षम तथा वृद्धाहरुको लागि अँखा शिवीर संचालन गरि मोतिया बिन्दका बिरामीहरुलाई निशुल्क आप्रेशन, चश्मा लाग्ने विरामीलाई निशुल्क चस्मा तथा औषधीबाट निको हुने विरामीलाई निशुल्क औषधी वितरण गरेको छ ।

यसरी गाउँमै सेवा पाउदा लाभान्वित ग्रामीण बासिन्दाहरुले खुशी व्यक्त गरेका छन् । कृष्णनगर नगरपालिका वडा १० का जनतालाई शिविरको माध्यमले २७३ जनालाई दिएको सेवा प्रति अस्पताल प्रशासन, स्वास्थ्यक्रमी, तथा सहयोगीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस अस्पतालबाट यस्ता कार्यक्रमहरु संचालन गरि गरिब पिडीत असक्षम तथा वृद्धि वृद्धाहरुलाई सेवा तथा सहयोग गर्ने आशा रहेको संचारक्रमी शहबाज खानले बताउनु भयो।
उक्त २ दिने अँखा शिविर कार्यक्रम सफल बनाउनाको लागि पुर्व प्रधान मनबहाल खां, दिलशाद अहमद खां, बलवन्त गुप्ता, देविदिन यादव, मुर्तुजा खां लगायतहरुले सहयोग गरेका थिए।

