
कपिलवस्तु/माघ २७

कपिलवस्तुका दुई प्रभावशाली नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन । कपिलवस्तुको शिवराज नगरपालिकाका दुई दिग्गज नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेपाली काँग्रेस पुर्व महाधिवेशन प्रतिनिधी युवा नेता विरेन्द्र जयसवाल (विजय) र शिवराज नगरपालिका वडा ७ का वडा अध्यक्ष अनुप कुमार चौधरी र समरीमाई गाउं पालिका अध्यक्ष बब्लु शुक्ला नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ ।
पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ( प्रचण्ड) ले जयसवाल,शुक्ला र चौधरीलाई पार्टी प्रवेश गराउनु भएको हो । पार्टीको सिद्धान्त मन परेर माओवादी केन्द्र रोजेको विरेन्द्र जयसवाल ( विजय)ले बताउनु भयो । गत २०७४ सालको स्थानिय तहको निर्वाचनमा समरीमाई गाउं पालिका अध्यक्ष पदमा तथा अनुप कुमार चौधरी स्वतन्त्र उम्मेदवार भई वडा अध्यक्ष विजयी हुनु भएको थियो ।

