
कपिलवस्तु / तौलिहवा
बिश्वमै ३ बुद्धको गौरवान्वित इतिहास बोकेको नेपालकै एतिहासिक नगरपालिकाको रुपमा रहेको कपिलवस्तु नगरपालिकामा शिक्षा र कला क्षेत्रमा लामो समय सम्म काम गरेका गणेश श्रीवास्तव हाल राजनीतिमा सक्रिय देखिनु भएको छ।
उहाँ गौतम बुद्धको क्रिडा स्थल तिलौराकोट दरबार क्षेत्र रहेको कपिलवस्तु नगरपालिका वडा नं• ३ बाट वडा अध्यक्षमा उम्मेदवारी दिने तयारी गरि रहेको आफ्नो फेसबुक वालमा स्टेटस हाली घोषणा गर्नु भएको छ । श्रीवास्तव हाल कपिलवस्तु नगरपालिका वडा नं• ३ का वडा कमिटी अध्यक्ष समेत हुन् । श्रीवास्तवको शिक्षक , प्रधानध्यापक , फिल्म निर्देशक र संचारकर्मि समेतको पृष्ठभुमि रहेको छ ।
श्रीवास्तव संग राजनीतिमा सक्रियता र वडा अध्यक्षमा उम्मेदवारी दिने विषयमा कुराकानी गर्दा उहाँले कपिलवस्तु नगरपालिकामा चरम भ्रस्टाचार बढेको बताउदै विशेष गरि उहाँकै वडा नं• ३ मा ब्यापक भ्रस्टाचार बढेको गुनासो गर्नु भएको छ । उहाँले आफु शुशासन , बिकासका निमित्त वडा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेको बताउनु भएको छ ।

बाणगगा खोलाले जग्गा कटान भइ पीडित भएका किसानलाइ बालुवा ठेक्कामा सेयर दिलाउने वा क्षतिपूर्ति दिलाउने , बुद्धको क्रिडा स्थल तिलौराकोट दरबार क्षेत्रबाट पुरातत्त्व बिभागको जग्गा अधिग्रहणका कारण आफ्नो गाउँ छोडन बाध्य हुन लागेका शिवगढ बासीलाइ बुद्धको अन्तिम गाउँलेको दर्जा दिदै बिशेष सुबिधा र पहिचान सहितको कार्ड उपलब्ध गराउने , शिक्षा स्वास्थयको गुणस्तरमा वृद्धि , छाडा चौपाया ब्यवस्थापन र रोजगार सिर्जना लगायतका मुख्य मुद्दा उठाउदै चुनाव जिते पुरा गर्ने बाचाका साथ आफु चुनावी तयारीमा लागेको श्रीवास्तवले बताउनु भयो ।
यसैगरी श्रीवास्तवले आफ्नो पार्टी माओवादी केन्द्रले उहाँको मिहेनत र योग्यताको मुल्यांकन गरि अध्यक्षको टिकट दिनेमा ढुक्क देखिएका छन् । कुनै कारण बस पार्टीले टिकट नदिए आफु निर्वाचनमा भाग नलिइ तटस्थ बस्ने समेत श्रीवास्तवले बताउनु भयो । वडा केहि ब्यक्ति संग श्रीवास्तवको अध्यक्षमा उम्मेदवारी दिने बारे प्रतिक्रिया लिदा शिक्षित र समाजमा राम्रो छबि बनाएका युवा नेतृत्व निर्वाचनमा भाग लिनु सकारात्मक रहेको बताउँछन् ।
