ब्राम्हिको आयुर्वेदमा महत्त्वपूर्ण ठाउँ तर बिस्तारै बिर्सिदै नयाँ पिढि

0
Quantam abroad studies

कपिलवस्तु , तौलिहवा
ब्राम्हि नेपालको आयुर्वेदिक इतिहासमा एक महत्त्वपूर्ण स्थान पाएको छ ।

स्मरण शक्ति कम्जोर भएका ब्यक्तिको लागि अत्यधिक लाभदायक मानिने औसधिको रूपमा ब्राम्हिले आफ्नो पहिचान बनाएको छ । ब्राम्हि कुनै समय नेपालको तराई मधेसका गाउँहरुमा घरेलु औसधिको रुपमा धेरै प्रयोग हुँदै आएको बनस्पति भएको वरिष्ठ संचारकर्मि डा.शतिस उपाध्यायले बताउनु हुन्छ । उहाँ अनुसार बालबालिकाको स्मरण शक्ति बढाउन , दम र हिर्दय सम्बन्धि रोगहरुको लागि गाउँ घरका बुढापाखाले बिहान खाली पेट पानी संग ५-६ ब्राम्हिको पात खाने चलन थियो ।

sahani furniture udyog

यो बनस्पति प्राय तराईका खेतको मेडि ( आलि ) , खुल्ला ओस भएको घासे मैदान र गौचरन क्षेत्रहरुमा सजिलै पाइन्थ्यो । तर बिस्तारै गौचरन क्षेत्र अतिक्रमीत र मासिदै जानु , खेतहरुमा अत्यधिक रसायनको प्रयोग हुनु , जथाभावी निर्माण र मानिसको बाक्लो चहलपहल लगायतका विभिन्न अन्य कारण बस यो बनस्पतिको संख्यामा धेरै कमि आएको बनस्पति बारे जानकारी राख्ने वरिष्ठ पत्रकार डा. शतिस उपाध्याय बराउनु हुन्छ ।

यसैगरी हालको नयाँ पुस्तालाइ यस महत्त्वपूर्ण बनस्पतिको महत्त्व , विशेषता र घरेलु प्रयोग बिधि पद्धतिको बारेमा खासै ज्ञान नभएको देखिन्छ । हाल गाउँ घरमा बिगतको जस्तो यसाको प्रयोग हुन् छाडेको छ । बिस्तारै कम हुँदै गइरहेको ब्राम्हि अझैपनि गाउँ घरमा कतै कतै देखिन्छ तर पहिले जस्तो मानिसले यसको संरक्षण भने गरेका छैनन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.