ब्यक्तिगत लगानीमा धारा निर्माण गरि चोरखोलाका जनतालाइ शुद्ध खानेपानीको सांसद शाह द्वारा ब्यवस्था

0
Quantam abroad studies

कपिलवस्तु , माघ २९
कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहको व्यक्तिगत लगानीमा चोरखोलाका नागरिकहरूलाइ धारा निर्माण गरि शुद्ध खानेपानीको ब्यवस्था भएको छ ।

sahani furniture udyog

लामो समय देखि दूषित पानी पिउन बाध्य रहेका नागरिकहरूलाई सांसद शाहले आफूले सरकारवाट पाउने तलब बापतको रकमले खानेपानीको व्यवस्थापन गर्न धारा निर्माण गरेको बताउनु भएको छ । शिवराज नगरपालिका वडा नं १ मा पर्ने चोर खोलामा विद्युत् र टेलिफोन टावर लगायत अन्य समस्याहरू समेत रहेको र ती समस्यालाई चाडैं समाधान गर्न आफूले सहयोग गर्ने शाहको भनाई छ ।

केही दिन अघि सांसद शाह चोर खोलामा स्थलगत पुगेर अवलोकन गर्नुभएको थियो । चोर खोलामा भएको समस्या समाधानका लागि आफूले उक्त सहयोग गरेको उहाँको भनाई छ । चोर खोला गाउँका ३६ घर परिवारले अब शुद्ध पानी पाउने शाहले बताउनु भएको छ ।

चाडै उक्त खाने-पानिको धाराको उद्घाटन हुने शाह निकटकाले बताएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.