पुरानो राजनीतिक घराना रजौरिया परिवारका युवा पुस्ता राजनीतिमा सक्रिय हुँदा जनता उत्साहित

0
Quantam abroad studies

शहबाज खान , कपिलवस्तु
कृष्णनगर क्षेत्रमा लामो समय देखि राजनितीमा सक्रिय रहेका चर्चित रजौरिया परिवारका युवाका पुस्ताका दिपक रजौरिया स्थानीय निर्वाचनमा भाग लिने तयारीमा छन् ।

राष्ट्रीय प्रजातंत्र पार्टी‌का लुम्बिनी‌ प्रदेश‌ सदस्य दिपक रजौरिया स्थानिए निर्वाचनमा कृष्णनगर नगरपालिकाको मेयर पदको लागी निर्वाचनमा भाग लिने भएका छन् । निर्वाचनमा भाग लिने घोषणा संगै कृष्णानगर क्षेत्रको भ्रमण गरि किसानहरुको समस्या बुझी गाउँ गाउँमा डिप बोरिंग तथा आवस्यकता परेको ठाउँमा तटबन्ध बनाउने पहल शुरु गरेका छन् । स्थानीय निर्वाचनमा कृष्णनगरको मेयर पदमा आफ्नो उम्मेदवारी दिने घोषणा गरे संगै कृष्णानगरको राजनितीमा नयाँ तरङ्ग उत्पन्न‌‌ भएको छ । कृष्णनगरका जनताले आफ्नो पुरानो संरक्षक परिवारका युवा पुस्तालाई मेयर उम्मेदवार पाएपछि जनता उत्साहित देखिएको स्थानीय सन्नि चौधरी बताउँछन् ।

राजौरियाले सिंचाई योजनालाई बिशेष प्रथमिकता दिदै आफ्नो‌ प्रयास तथा पहलमा सुखरामपुर, सिर्सिहवा, बगही, कर्मा, भिल्मी, शिवानगर, छिठौनी लगायतका गाउँहरुमा ८०/८० लाख हराहरीको लागतमा डिप बोरिंग योजना ल्याएका छन् । आज फागुन ४ गतेका दिन कृष्णानगर नगरपालिका वड़ा नं.८ सुखरामपुरमा पुजापाठ गरि डिप बोरिंग जडान कार्यको शुरूवात गरिएको राप्रपाका जिल्ला वरिष्ठ सल्लाहकार अखिलेश्वर पाण्डेले बताएका छन्।

sahani furniture udyog

यस क्षेत्रमा इमानदार , जनता प्रेमी , जनताको सुख दुख बुझी जनताको बिचमा रही निरन्तर जनताको सेवा तथा रक्षा गर्दै आएको छबि बनाएको रजौरिया परिवारको युवा पुस्ता दिपक रजौरियाले कृष्णानगरका किसानहरुको समस्या बुझी आफ्नो पहलमा डिप बोरिंग जडान‌कार्य शुरु गरेको कामको स्थानीय गाउँले ले सराहनीय रहेको र हामी पुर्णरुपमा हरेक समय दिपक रजौरियाको साथ दिना तैयार रहेको सुखरामपुर वासीहरु बताउँछन्।

२०७४ सालको निर्वाचन जित्न जनताको चाहनानुसार बिकास स्वास्थ्य, शिक्षा, सिंचाई, युवाहरुलाई रोजगार दिने लगायतका आश्वासन दिइ चुनाव जितेका जनप्रतिनिधिहरु तानाशाह प्रवृत्ति देखाउदै अ-आफ्नो कार्यकर्ता पाल्न ब्यस्त रहेको देखेर २०७९ साल बैशाख‌ ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा भाग लिने तैयारी गरेको रजौरिया बताउँछन् । यदि जनताले साथ दिए भने निस्वार्थ चौतर्फी विकास गरि कृष्णनगरको मुहार फेर्ने योजना रहेको समेत दिपक रजौरिय बताउँछन् ।

कृष्णानगर नगरपालिका वड़ा १० को औरहवा गाउँमा खान‌ क्रिकेट क्लबको आयोजनामा चलिरहेको क्रिकेट टुर्नामेंटमा पुंगी युवा क्रिकेट प्रेमीहरुको मनोबल बढाउदै क्रिकेट टुर्नामेन्टलाई निरन्तर आयोजना गर्न आफुबाट हुने सहयोग गर्ने प्रतिबद्धता समेत रजौरियाले जनाएका छन् । खान क्रिकेट क्लबका अध्यक्ष तथा सचिवले रजौरियालाई फुलमाला लगाई सम्मानित समेत गरेका थिए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.