

पंकज ओझा , कपिलवस्तु
जिल्लाको सदरमुकाम तौलिहवामा हुलाकी राजमार्ग अंतरगतको सडक निर्माण प्रक्रिया शुरु भएको एक बर्ष भन्दा बढी भैसक्दा पनि अझै निर्माण पुरा हुन सकेको छैन ।
तौलिहवाको जामुवार देखी नयाँटोल हुदै छोटकि तौलिहवा सम्मको बाटो र आर्को ठेक्का अंतरगत गौढि चोक देखी भवानी भिक्षु सम्मको नाली निर्माण कार्य चल्दै छ ।
तर यतिका समय बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नहुदा आम जनता पीडित बन्न पुगेका छन् । बिग्रेको सडकमा कतै हिलो त कतै धुलोले आमजनता दिक्क हुँदा पनि प्रशासन भने मौन देखिएको छ । अव्यवस्थित निर्माण र ठेकदारको चरम लापरबाहीका कारण तौलिहवा बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढदै गइरहेको छ । बिगतमा पनि बाटो निर्माणमा लापरबाही र ढिलासुस्तीले गर्दा विभिन्न ठुला गाडीहरु दुर्घटना हुनबाट पटकपटक बचेका छन् । स्थानीय सरकारका मेयर , वडा अध्यक्ष , प्रमुख जिल्ला अधिकारी नेताकार्यकर्ता लगायत सबै त्यहीँ बाटोमा हिडिरहेका छन् । तर सबैले जनताको पिडालाइ देखेरपनि नदेखे जस्तो गरिरहेका छन् ।

बाटो निर्माण गर्दा आवतजावतमा समस्या नहुने गरि डाइभर्सन वा एक लेन ब्यवस्तित राख्नु पर्ने हो । तर ठेकदारले मनमानि ढंगले जथाभावी निर्माण समाग्री थन्काउदा र जथाभावी खन्दा पुरै बजार क्षेत्र अस्तब्यस्त बन्न पुगेको छ । त्यसमाथि झन् नालीको पानी निकाल्दै बिच सडकमै फालिएको छ । पानीको कतै निकास नहुदा ठुलो दुर्घटना हुने संभावना प्रबल छ । यदी कुनै दुर्घटना भैहालेको खण्डमा त्यसको दोषी प्रशासन वा ठेकदार को हुने ? के प्रशासन र ठेकदार आमजनताको मृत्यु नै कुर्दै बसेका छन् ।
अव्यवस्थित बिकास निर्माणले गर्दा सबै भन्दा बढी स्कुले बालबालिकाहरु जोखिममा परेका छन् ।
थप जानकारी पाउन तल दिएको भिडियो हेर्नुहोला । साथै यसलाई सेयर गरी प्रशासन र ठेकदारमाथी दबाब बनाइ सुरक्षिर रुपमा बिकास निर्माणको काम यथासिघ्र सम्पन्न गराउन मद्दत गर्न हार्दिक अनुरोध छ l
