
गणेश श्रीवास्तव , कपिलवस्तु
नेकपा माओवादी केन्द्रको कपिलवस्तु नगरपालिकाको नगर कार्य समिती र वडा कार्य समितीले पार्टी सदस्यता बितरण कार्य तिब्र पारेका छन् । हाल माओवादी केन्द्रको कपिलवस्तु नगरपालिकाको नगर अध्यक्ष र मेयर पदको उम्मेदवार समेत रहेका शत्रुघन चौधरीको अगुवाइमा पार्टी प्रवेश र सदस्यता बितरण कार्यक्रम तिब्र रुपमा अघि बढिरहेको छ ।
हालै कपिलवस्तु नगरपालिका वडा नं•१ मा आज राजन कहार र विजय कहारको अगुवाईमा सयौं कार्यकर्ताले ने. क. पा. (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । तौलिहवामा रहेको नयाँ हाट बजारको पछाड़ी रखिएको पार्टी प्रवेश कार्यक्रममा ने. का. पा. (माओवादी केन्द्र) का नगर अध्यक्ष शत्रुघन चौधरी को प्रमुख अतिथ्यता , अखिल (क्रांतिकारी) का जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हरीश चन्द्र खनालकि बिशिस्ट अतिथ्यता , कपिलवस्तु नगरपालिका ने.का.पा.(माओवादी केन्द्र) नगर कमिटी का उपाध्यक्ष काशी नाथ पाठक, नगर सहसचिव गणेश श्रीवस्ताव, वडा नम्बर १ का वडा समिती अध्यक्ष प्रितम पाण्डेय लगायतको अतिथ्यतामा सम्पन्न भएको थियो ।

सो पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष शत्रुघन चौधरीले आउने स्थानिय निर्वाचनमा यस पालिकामा मेयर संगै अधिकान्स वडा अध्यक्षमा समेत आफुहरु जित्ने दाबी गरेका छन् । उनले कपिलवस्तु नगरपालिकाका निबर्तमन जनप्रतिनिधिहरु भ्रस्टाचारमा ब्यस्त हुँदा आमजनता पीडित बन्न पुगेको दावी समेत गरेका छन् । हाल पालिकामा भ्रस्टाचार मौलाएको कारण छाडा चौपाया समस्या , अव्यवस्थित बाटो र नाली निर्माण समस्या , ब्यापक रुपमा खोला दोहन , शिक्षा , स्वास्थय क्षेत्रमा बिकृति लगायत समस्या बढदै गएको चौधरीले आरोप लगाएका छन् ।
कार्यक्रममा उपस्थित नेताहरुले पार्टीको सिद्धान्त , उपलब्धि र पार्टीले देशमा ल्याएको राजनीतिक , आर्थिक , समाजिक परिवर्तनको बारे आफ्नो धारणा र विचार व्यक्त गरेका थिए । कार्यक्रममा अधिकान्स नेताले देशमा एमसिसि सम्झौताको विषयमा पार्टीको धारणा स्पष्ट रहेको बताउदै एमसिसि पास गर्न खोजिए देशमा ठुलो आन्दोलन हुने समेत बताएका छन् ।

