
काठमाडौं – नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रका कार्यालय प्रमुख र केही कर्मचारीकै मिलेमतोमा आपसी लेनदेन गरी अनावश्यक रुपमा विद्युत् काट्ने (सटडाउन) गर्ने गरेको खुलेको छ।नेपाल विद्युत् प्राधिकरण कर्मचारीको आचारसंहिता २०६५ को ‘स्वतन्त्रता, निस्पक्षता र समानता’ सम्बन्धी महलमा कार्य सम्पादन गर्दा प्रभाव, दवाव र प्रलोभनमा नपरी निस्पक्ष ढंगले कार्य सम्पादन गर्नु पर्ने भनिएको छ।तर यहाँ त कार्यालय प्रमुखले नै संस्थागत आचारसंहितालाई लत्याउँदै खुलेआम आर्थिक प्रलोभनमा परेर अनावश्यक रुपमा विद्युत् सटडाउन गर्दै आएको भेटिएको हो।
खासगरी प्लटिङ गरिएका क्षेत्रमा विद्युत् पोल राख्ने र बिजुली जडान गर्ने बाहानामा अवैध रुपमा अनावश्यक बिजुली काट्ने गरिएको खुलेको हो। मर्मत गर्नुपरेमा या विशेष अवस्थामा मात्रै बिजुली सट्डाउन गर्न मिल्छ।त्यसका लागि पनि सम्बन्धित व्यक्ति वा कम्पनि ,फर्म, तथा सँस्थाले कार्यालयमा लिखित निवेदन दिनुपर्ने हुन्छ। तर, प्राधिकरणका प्रमुखकै नेतृत्वमा कर्मचारीलाई दबाब दिएर मौखिक आदेशका आधारमा अनावश्यक सटडाउन गरेर आम उपभोक्तामाथि नै अन्याय गर्दै आएका छन्।
नेपाल विद्युत प्रधिकरण तौलिहवामा कार्यालयका प्रमुख इन्जिनियर राकेश झा एकजना हेल्पर कर्मचारी लिएर ठेकेदारसँग मिलेर बाँणगंगा नगरपालिका अन्तर्गत मल्टि एग्रो प्रा.लि.को पछाडि सिद्धार्थ बालुवा प्रशोधन केन्द्रतर्फ विस्तारित ११ केभि प्रसारण लाइनका ३ वटा पोल खेतबाट विद्युत प्राधिकरणको ऐन कानुन विपरित कुनै पनि राजस्व नतिरी नलिई आर्थिक प्रलोभनमा परि पोल सारिदिएको देखिएको छ।

यसरी पोल सारिएको ठाउँमा जग्गा पल्टिङ भएको छ भने सर्वसाधारणकाको हकमा भने एलटी पोल सार्न भनि दिएका निवेदनहरुलाई विभिन्न बाहानाबाजी गर्दै बेवास्ता गर्दै आएका छन्। सर्वसाधारणको काम नहुने तर व्यापारीहरुको काम आर्थिक प्रलोभनमा परि तुरुन्तै काम गर्दिने गुनासो सेवाग्राहीले गरेका छन्।
#समचार दैनिक बाट साभार

