छबिसपाथभेरा गाउँपालिकाकाे नवौ हिउदे गाउँअधिवेशन सम्पन्न

0
Quantam abroad studies

दोरेन्द्र खड्का , बझाङ
छबिसपाथिभेरा गाउँपालिका नवौ हिउँदे गाउँअधिवेशन सम्पन्न भएको छ । आज छबिसपाथिभेरा गाउँ पालिकको सभाहलमा अधिवेशन संञ्चालन गरिएको थियो ।छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष अक्कल बहादुर धामीको अध्यक्षतामा नावौ हिउदे अधिवेशन संञ्चलान गरिएको थियो ।

छबिसपाथिभेरा गाउँपालिकाको नवौ गाउँसभामा बोल्दै छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष अक्कल बहादुर धामि ले स्थानिय सरकारलाई प्रभावकारी सिंहदरबार बनाउने हो भने, स्थानिय सरकारलाई संघ र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । स्थानिय सरकारलाई मजबुद बनाउनका लागी प्रदेश र संघ सरकारले पनि आर्थिक रुपमा बलियो बनाउनु पर्ने र अहिले बजेट अभावका कारण योजना बनाउन पनि नगरपालिकालाई गाह्रो हुने गरेकाले सोचेको नगरपालिका बनाउन मानविय सोचका साथै लैङ्गीक, जातिय विभेद, बालविवाह लगाएतका कुरालाई पनि ध्यान दिइ अगाडी बढ्नु पर्ने र त्यो अनुसार जनप्रर्तिनिधि कर्मचारीको दक्षता र योग्यता अगाडी बढाउनु पर्नेमा जोड दिनुभएको हो ।

छबिसपाथिभेरा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गगन एडिले प्रस्तुत गरेको प्रगति प्रर्तिवेदन र लेखा अधिकृत मुकेश थापाले प्रस्तुत गरेको वितिय प्रतिवेदन माथि जनप्रतिनिधि तथा पार्षदहरुले छलफल गरेका थिए । कार्यपालीकाले कार्यविधि संसोधन तथा अनुमोदन र रकमान्तर रकम माथि छलफल तथा अनुमोदन गरेको थियो । छबिसपाथिभेरा गाउँ पालिकाले यस फाल्गुन मसान्त सम्म पुँजी तर्फ ५१ प्रर्तिशत रकम खर्च भएको बताएको छ । नवौ अधिवेशनले गाउँ पालिका का योजना तथा गतिविधिहरु छिटोछरितो अगाडी बढाउनुपर्नेमा सुझाव समेत दिएका थिए ।

sahani furniture udyog

साथै सबै शाखाका प्रमुखहरुले आफ्नो शाखाकाे प्रगति प्रतिबेदन समेत प्रस्तुत गर्नु भएको थियो । छबिसपाथिभेरा गाउँ पालिका ले आर्थिक बर्ष २०७८, ०७९ सम्मको फाल्गुन मसान्त भित्र गरेको प्रगति तथा वितिय प्रतिवेदन माथि समेत छलफल तथा समिक्षा गरिएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.