तीन महिने सिलाई कटाई तालिम सम्पन्न।

0
Quantam abroad studies


कमलेश चन्द्र गुप्ता

कपिलवस्तु – ‘सीप सिकौ, उद्यम गरौ, आत्मनिर्भर बनौ’ भन्ने नारासहित तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको हो । कृष्णनगर नगरपालिका वार्ड नं ६ को आयोजनामा तालिम समापन भएको हो। समापन कार्यक्रममा कृष्णनगर नगरपालिकाका मेयर एवम समापन कार्यक्रमका प्रमुख अतिथि रजत प्रताप शाहले सिकेको सीपलाई ब्यवहारमा रुपान्तरण गर्न सहभागीहरुलाई आग्रह गरे । सबै महिलाहरु व्यावसायिमुखि र आत्मनिर्भर हुनुपर्ने नगर प्रमुख रजत प्रताप शाहले जोड दिनुभयो।

sahani furniture udyog

महिलाहरु सिपको कारणले पछाडि नपरुन् भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको वार्ड अध्यक्ष देवानन्द शुक्लले बताउनु भएको छ। उनले यस वर्ष सीप विकास तालिम प्रदान गरिएका तथा अन्य सबै सीप सिक्नेलाई आगामी बर्ष प्रविधि हस्तान्तरणसहित एड्भान्स तालिम प्रदान गरिने जानकारी दिनुभयो ।

उक्त तालीममा वार्डभित्रका ५० जना महिलाको सहभागिता रहेको तालीमका प्रशिक्षका पुनिता चौधरी जानकारी गराउनु भयो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.