अबको चुनावमा नेपाली काङ्ग्रेसको झन्डा फहर्याउनु पर्ने एक कार्यक्रमका बक्ताहरुको जोड

0
Quantam abroad studies

उर्मिला यादव यात्री , फागुन २९
पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २मा अबको चुनावमा नेपाली काङ्ग्रेसको झन्डा फहर्याउनु पर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।

नेपालि काङ्ग्रेस वडा नम्बर २ वडा कार्य समितीको पहलमा शनिबार बत्रौलिमा भएको कार्यक्रममा बक्ताहरुले सो कुरा बताएका हुन । बक्ताहरुले आफ्नो वडामा भएका समस्याहरु उठान गर्दै नेपाली काङ्ग्रेस एकजुट भएर अघि बढनु पर्ने बताएका छ्न । वडामा आफ्नो पार्टीको अध्यक्ष नहुदा स साना योजना पनि ल्याउन नसकेको गुनासो गरेका थिए । यस्तै गरि सुनवल नगरपालिका वडा नम्बर २ बत्रौलि टोलमा टोल समिति गठन गरिएको छ । जसको सभापतिमा दिप नारायण यादव,उपसभापतिमा शोभा बस्याल,सचीवमा गणेश गुप्ता,कोषाध्यक्षमा शकुन्तला धरिकार रह्नु भएको छ ।यस्तै गरि सदस्यहरुमा तुलसि यादव, रुद्रनारायण चौधरी , उमेश यादव ,बिरेन्द्र यादव, अवधेश गिरि, सत्य प्रकाश थारु,बिक्रम यादव,बुध्ध बहादुर चौधरि ,गिर्जेश यादव, दिनेश यादव,प्रदिप यादव ,धर्म राज चौधरी र बिक्रम कवर योगि रहनु भएको छ ।

sahani furniture udyog

नेपाली काङ्ग्रेस वडा नम्बर २ का सभापति ज्ञानचन्द यादवको अध्यक्षता तथा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य दुर्गा कोइरालाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नवगठित समितिलाइ नेपाली काङ्ग्रेस सुनवल नगरसभापति सोम बहादुर रायमाझि, नगर सदस्य हिरालाल यादव, ट्रेड युनियन नेपाली काङ्ग्रेस जिल्ला अध्यक्ष ज्ञानहरि अर्याल लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो भने कार्यक्रम सन्चालन वडा सचिव गुप्त बहादुर रोकाले गर्नु भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.