मुक्ति आन्दोलनका लागी जनयुद्ध लडेका जनमुक्ति सेनाका योद्धा प्रति गरिएको अपमान सह्य हुँदैन – नेतृ सुनिता गौतम (सृजना)

0
Quantam abroad studies

काठमाडौं
जनमुक्ति सेनाका बटालिएन कमाण्डर एवम नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का केन्द्रिय सदस्य सुनिता गौतम (सृजना) ले सर्जक लोक गायक प्रकाश सपुतले बजारमा ल्याएको गीत एवम त्यसमा देखाईएको दृश्य प्रति आपत्ति प्रकट गर्नु भएको छ । तानाशाही एवम क्रुर राजतन्त्रात्मक शासन व्यवस्था विरुद्ध आफ्नो जीउ र ज्यानको बाजी राखेर जनयुद्ध लड्ने कुनै पनि योद्धाहरु आफ्नो अस्मितालाई बेचेर आफ्नो छाक गुजार्नु नपरेको कुरा उहाँले बताउनु भएको छ ।

सँकटकालिन अवस्थामा समेत किसान, मजदुर एवम सुभचिन्तहरुसँग आश्रय लिएर होस या स्वयम आफै श्रमिक,ज्यामि भएर पसिनाको बलमा समेत छाक टार्न सिकेका याद्धाहरु कहिल्यै पनि देह व्यापार गरेर बस्न नसक्ने ठोकुवा सुनिता गौतमले गर्नु भएको छ । हिजोका सामन्ति, दलाल एवम पुँजीपतिहरुसँग समेत नविकेका हामी जनमुक्ति सेनाका योद्धाहरुलाई अपमानित तवरले यौन व्यावसायमा सँलग्न भई जीवन निर्वाह गरिरहेको भन्ने काल्पनिक एवम कपोकल्पित दृश्यलाई कुनै पनि हालतमा सहन नसकिने वक्तव्य समाजिक सञ्जालबाट समेत गौतमले जारी गर्नु भएको छ ।

महान जनयुद्धका सहिद परिवार, वेपत्ता परिवार ,घाईते एवम अपाङ्ग योद्धाहरुलाई पार्टीले चाहे सरकारमा हुँदा होस चाहे विपक्षमा हुँदा होस राहत प्याकेज त ल्याएको छ यद्यपी राहत प्याकेज सोँचेअनुरुप हुन नसकेको कुरामा सत्यता भएता पनि तपाईको पीर नामक सृजानामा तपाईले बेस्याबृति गरेर ज्यान पालेको अर्थात छाक टारेको कुरा दृश्यमा देखाउँदै गर्दा के तपाईले हामी महिला तपाइका आमा, दिदी ,बहीनी एवम छोरी जातका होइनौ ? के तपाइको घरमा चुलो बोल्ने स्थिती नभएमा हामी महिला जातका तपाईका आमा, दिदी ,बहीनी एवम छोरीहरुलाई देह व्यापारमा पठानउनु हुन्छ ? लगायत प्रश्न गौतमले गर्नु भएको छ ।

sahani furniture udyog

महिला मुक्ति आन्दोलनलाई बर्गिय मुक्ति आन्दोलन संग एकाकार गर्दै सबैखाले उत्पिडनको विरुद्ध पितृसत्तात्मक सामन्ती हिन्दु अहंकारबादी राज्य ब्यबस्थाको समुल नष्ट गर्दै नयाँ जनबादी राज्य ब्यबस्था स्थापनार्थ शुरु गरिएको महान जनयुद्धमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै आजको यो परिबर्तन धर्मनिरपेक्षता सहितको समाबेशी समानुपातिक चरीत्र बोकेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यबस्था ल्याउन मुक्ती या मृत्युको सपथ खाएर बलिभेदिमा होमिएका महान महिला योद्धाहरुमाथी गंभिर आघात पुग्ने नकारात्मक सन्देश सहितको यो भिडियो तुरुन्तै बन्द गर्न कडा चेतावनी समेत गौतमले दिनु भएको छ ।

नेतृ गौतले सर्जक प्रकाश सपुतलाई तपाईले चैत्र, बैशाखको धुपमा बालुवाको थुप्रोमाथी आफ्नो दुधे बालकलाइ सुताएर बालुवा चाल्दै गरेका, आफ्नो बच्चालाई पिठ्युँमा बोकेर हातमा छियाछिया हुने गरि गिट्टी कुट्दै गरेका, जँगलमा बच्चालाई सुताएर घांसको भारी पुर्याइ त्यही भारिमाथी बच्चा बोकेर घर फर्कदै गरेका, आफ्नो पिठ्युँमा पटुकाले बच्चालाई बाधी दिनभरी साहुको बारिमा कोदालो खनिरहेका, साहुको घर बनाउन इट्टाको भारिमाथी बच्चा सहित दिनभरी पसिना चुहाउदै गरिबी र अभाब बाच्न सिकेका यी श्रमिक महिलाहरुको कथा देख्न नसक्नु भएकोमा मलाइ निक्कै पिर दिएको छ । न तपाईंले जनयुद्धमा लागेबापत जीउँदै आँखा निकालिएका महिलाको बेथा देख्नु भयो न जिउदै जलाइएकाको । देख्नु भयो त केवल चरम गरिबी र अभावमा जिउन बाध्य भएका श्रमजीवी महिलाहरू श्रम गर्दैनन् तपाईंले भनेको काम गर्छन् ।

देख्नु भयो र नङ्याउनु भयो सिंगो महिला जगतको अस्मितालाई त्यसैले मलाइ पिर दिएको छ । खोइ मलाई थाहा छैन तपाईंले भनेको कुरा जसले आफ्नो गरिबिलाइ देह ब्यापारसँग साट्छ्न भनेर त्यसैले मलाइ पिर दिएको छ । उहीँ तपाईंले संकेत गर्न खोज्नु भएको मान्छे म बताउदै गौतमले प्रकाश सपुतको बिबादास्पद गितको बिरोधमा भावुक र कडा प्रतिक्रिया दिनु भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.