
तौलिहवा, फागुन ३०
कपिलबस्तुमा मोटरसाईकल चोरीको घटना बढ्दै गएको छ । चोरी डकैतीमा संलग्न व्यक्तीहरुले विभिन्न अपराधिक क्रियाकलापमा प्रयोग गर्न र भारतसंगको खुला सिमाको कारण जिल्लामा मोटरसाईकल चोरीका घटना बढ्दै गएका हुन ।
गत साता कपिलबस्तु नगरपालिका ३ सुखरामपुरका इरफान खानको कपिलबस्तु जिल्ला अदालतको अगाडि राखिएको राखिएको मोटरसाईकल चोरी भएको बताए । उनको लु ५१ प ८८५० नम्बरको रातो र कालो रंङ भएको २ सय २० सी सीको पलसर मोटरसाईकल चोरी भएको हो ।
त्यस्तै आज सोमबार जिल्लाको चाकरचौडा र कपिलबस्तु जिल्ला अदालतकै अगाडीबाट मोटरसाईकल चोरी भएको हो । अदालतको अगाडीबाट कपिलवस्तु नगरपालिका ६ बस्ने जनार्दन यादवको लु २६ प ७४०९ न. को कालो रंङसुपर स्पेलेडर मोटरसाईकल चोरी भएको जुबेर अहमद खाले जानकारी दिए ।

त्यस्तै जिल्लाको मायादेवी गाँउपालिका ४ चाकरचौडाबाट मायादेवी ५ शिसहनिय बस्ने जगराम कोहारको लु ३३ प ८९६३ नम्बर को स्पेलेडर मोटरसाईकल चोरी भएको छ ।
यसैगरी कपिलवस्तु नगरपालिका -३ भिक्षुकोकमा रहेको निशा हार्डवेयरको भिक्षुचोक देखि सिकोटवा जानेबाटोको मध्यभागमा निर्माण हुँदै गरेको गोदामबाट पानी तान्ने मोटर रातीको समयमा चोरी भएको छ ।
