राप्रपाका अध्यक्ष लिङ्देन कपिलवस्तु आउदैं

0
Quantam abroad studies

कपिलवस्तु, चैत्र ९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कपिलवस्तु आउनु हुने भएको छ ।

राप्रपा कपिलवस्तुले बाणगंगाको चारनम्बर जीतपुरमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न अध्यक्ष लिङ्देन कपिलवस्तु आउन लाग्नु भएको हो । अध्यक्ष लिङ्देन सहित, महामन्त्री एवम् नेपालगंज उपमहानगरपालिका मेयर डा.धवल शम्शेर राणा, वरिष्ठ नेता दिपक बोहोरा, पूर्व आईजिपी तथा पार्टीका उपाध्यक्ष ध्रुब बहादुर प्रधान, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय सहितका नेता यही चैत्र १६ गते बुधबार कपिलवस्तु आउने कार्यक्रम तय भएको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझीले जानकारी दिनुभयो ।

sahani furniture udyog

उहाँका अनुसार सोही आमसभामा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्ने नवप्रवेशीहरुलाई अध्यक्ष लिङ्देनले स्वागत गर्नु हुने छ । केन्द्रिय सदस्य रायमाझीले आमसभामा सहभागी हुन सम्पूर्ण जिल्लावासीलाई आह्वान समेत गर्नुभएको छ । कपिलवस्तुमा अध्यक्ष लिङ्देनको आगमनले पार्टी थप सुदृढ हुने उहाँले दाबी गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनको कपिलवस्तु आगमनलाई निकै महत्वका साथ हेरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनसंगै कपिलवस्तुमा केन्द्रिय स्तरका नेताको चहलपहल बढ्दै गएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.