
उत्तमकुमार थापा , बझाङ
विपद सम्वन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय बझाङ र विपद व्यावस्थापन समितिकाे आयाजनामा कार्यक्रम गरिएको हाे ।
विपद व्यावस्थापन समितिले अहिले गर्मी याममा हुन सक्ने विपद सम्वन्धि आगलागी डडेलाे सम्वन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको थियाे । बझाङ जिल्लाकाे नयाँ बसपार्कमा नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल र जिल्ला डिभिजन वन कार्यालय बझाङले सन्देशमुलक कार्यक्रम गरेकाे थियाे ।

कार्यक्रममा हरियो वनमा सुकेको झारपात थिए केही गाउँकाे मानिसहरु वनमा जाँदै चुराुट विडी खादै जथाभावी सलाई लाईटर काेरेकाे देखिन्छ । यसरी ख्याल नगर्दा बनमा आगा् लाग्दै बस्ती सम्म पुग्छ र बस्तिमा रहेको घरहरु जलेर नष्ट भई धन सम्पतिकाे नास सँग जनमानसमा ठुलाे क्षेति पुग्छ जब प्रहरीलाई १०० नम्बरमा गाउले फाेन गरेको देखिन्छ अनि आगलागी भएको बस्ती र वनजङगल र बस्तीमा नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी र बनकाे कर्मचारी जान्छन । सँगै जिल्ला अस्पतालले एम्बुलेन्स पठाउन्छ भने स्थानीय तहले दमकल पठाउन्छ अनि आगाे नियन्त्रणमा आउन्छ । सचेत रहन डडेलाे र आगलागी भएको दृश्य प्रश्तुत गरिएको थियाे ।

हरियाे वन नेपालको धन जाेगाउ भन्दै विपद व्यावस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भन्नू भाे गर्मियाममा सबै नागरिक सचेत हुनुपर्छ । तपाईं हामी सचेत भएनाै भने हामी यसरी दुर्घटनामा जान्छौं । यदि यस्तो कतै भईहाल्याे भने जिल्ला प्रशासन कार्यालय बझाङ खवर गर्दै पर्ण क्षेति भएको लाए २० हजार सहित कम्मल र अन्य तत्काल व्यावस्था गरिन्छ यसले केही राहत हुन जान्छ ।

यस्तै रेडक्रसमा पनि राहतको व्यावस्था गरिन्छ । आज गरिएको जनचेतनामूलक कार्यक्रममा विपद व्यावस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा जयपृथ्वी नगरपालिका मेयर विरेन्द्र बहादुर खड्का प्रमुख अतिथि मेजर मेघ गरुङ डिएसपी ज्ञानबहादुर बिष्ट सशस्त्र प्रहरी बलका डिएसपी दामाेदर ढाेडारी अनुसन्धान डिएसपी पवन जाेशी एघारका अध्यक्ष केशव राेकाया डिभिजन वन कार्यालय बझाङ प्रमुख कर्ण बहादुर खाती लगाएत सम्पुर्ण सुरक्षाकर्मी पत्रकारहरु सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीहरु जनसमुदायहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।
