माओवादी केन्द्रको प्रतिबद्धता पत्र सार्बजनिक , तौलेश्वरनाथ मन्दिरलाइ राष्ट्रिय संपदा घोषणा गराइने देखी कपिलवस्तु बिकास कोष गठन सम्मको प्रतिबद्धता

कपिलवस्तु , बैशाख १०
जिल्लाको कपिलवस्तु नगरपालिकाको नेकपा माओबादी केन्द्रको नगर समितिले आफ्नो प्रतिबद्धता पत्र जारी गरेको छ । यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाइ लक्षित गर्दै आफ्नो प्रतिबद्धता पत्रमा नगरबासीको हितका लागी विभिन्न प्रतिबद्धता गरिएको छ ।
उक्त प्रतिबद्धता पत्र तौलिहवाको जमुवारटोलमा रहेको नगर समितीको कार्यालयमा आयोजित कार्यक्रममा नेताकार्यकर्ता , वडाका उम्मेदवार र पत्रकारहरुको उपस्थितिमा जारी गरिएको छ ।
कपिलवस्तु नगरपालिकाको तौलिहवामा रहेको तौलेश्वरनाथ मन्दिरलाइ राष्ट्रिय सम्पदा घोषणा गराउने , नगरलाइ स्मार्ट सिटी बनाउने, कपिलवस्तु बिकास कोष गठन गर्ने , कक्षा १२ सम्म निःशुल्क शिक्षा, कन्या कलेजको स्थापना, बेटी पढावे शिक्षित बनावै कार्यक्रम संचालन गर्ने , कपिलवस्तु नगर भित्र रहेको पुरातात्त्विक संपदा संरक्षण गर्ने , किसानलाइ मल र बिउ निशुल्क दिने लगायत २३ बुदे प्रतिबद्धता नेकपा माओवादी केन्द्र कपिलवस्तु नगर समितीले गरेको छ ।

उक्त प्रतिबद्धता अंतरगत घर निर्माणका लागी निःशुल्क नक्सा पास, न्युन आय भएका सुत्कोरीलाई ५ हजार भत्ता, बिपन्न बर्गहरुलाई जनता आवास कार्यक्रम लागतयका सुबिधा समेत दिने प्रतिबद्धता गरिएको छ । यस प्रतिबद्धता पत्रमा पर्यटन क्षेत्रको बिकास र प्रबर्द्धनलाइ बिशेष जोड दिइएको छ ।

उक्त प्रतिबद्धता पत्र पार्टीका बैकल्पिक केन्द्रिय सदस्य जीत बहादुर चौधरी, प्रदेश सदस्य बिष्णु बेल्बासे , नगर अध्यक्ष तथा मेयरका उम्मेदवार शत्रुघन बिलास चौधरी, नगर उपाध्यक्ष मिलन उपाध्याय , युवा नेता हरिस खनालले सयुक्त रुपमा प्रतिबद्धता पत्र सार्बजनिक गरेका थिए ।
कार्यक्रममा बोल्दै बैकल्पिक केन्द्रिय सदस्य चौधरीले देशमा गणतन्त्र ल्याउन संबिधान बनाउन माओबादी केन्द्रले मुख्य भुमिका निर्बाह गरेको बताउदै शोसित पीडित , दलित , पिछ्डाबर्गको आधिकार सुनिश्चित समेत गरेको बताएका थिए । त्यसैले अब नगर र देश बिकासको लागी माओवादी केन्द्रलाइ जिताउन सबैलाई चौधरीले आग्रह गरेका छन् । यसैगरी माओवादी केन्द्रका प्रदेश सदस्य बेल्बासेले देश कै पुरानो कपिलवस्तु नगरपालिका पिछडिएको देख्दा दुख महसुस हुने गरेको बताएका छन् । उनले माओवादी केन्द्र कपिलवस्तु नगरपालिकामा जित हासिल गरे ५ बर्ष यस पालिकाले बिकासमा ठुलो फड्को मार्ने दाबी गरेका छन् ।
यस्तै माओवादी केन्द्र कपिलवस्तुका नगर अध्यक्ष एवं मेयर प्रत्यासि शत्रुधन बिलास चौधरीले आफु लामो समय देखी राजनीतिमा सक्रिय रहेको र जनहितका कार्य गरिरहेको बताएका छन् । उनले आफुले बिगतमा तौलिहवा स्थित जिल्ला अस्पतालको बिकास , जनता आवास कार्यक्रममा महत्त्वपूर्ण भुमिका निर्बाह गरेको समेत दाबी गरेका छन् । उनले आमजनता , बुद्धिजीवी , युवा संग माओवादी केन्द्रलाइ बिजयी बनाइ यस पालिकाको बिकास र सेवाको अवसर दिन समेत आग्रह गरेका छन् ।
