कृष्णनगरका प्रभावशाली नेता जैसवाल जसपामा प्रबेश।

0
Quantam abroad studies


कमलेश चन्द्र गुप्ता / कपिलबस्तु

कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका मेयर प्रत्याशी एवम नेकपा एमाले का नेता शिव प्रसाद जैसवाल जनता समाजबादी पार्टीमा प्रबेश गरेका छन।

आइतवार औपचारिक रुपमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मंत्री सहजराम यादव ,कृषि मंत्री सुमन शर्मा रायमाझी रकपिलवस्तु जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव तिनै नेताले टिका लगाई प्रवेश गराउनु भएको कृष्णनगर जसपा नगर कमिटी ले जानकारी दिनु भएको छ ।

sahani furniture udyog

नेकपा एमाले बाट टिकट नपाउने निश्चित भए पछी आफू सहित वडा अध्यक्ष पदको आकांक्षी रहेका राम मिलन चौधरी ,युवा नेता नवाब शरीफ लगाएत सयौं कार्यकर्ता सहित जसपा पार्टीमा प्रवेश गरेको बताइएको छ ।

जायसवाल असल,ईमानदार,स्वच्छ सरल छबि भएको लोकप्रिय नेताको रुपमा चिनिन्छन्। जायसवाल जसपामा प्रवेश गरे संगै बैशाख ३० गते हुने स्थानीय चुनावमा जितको विजय सुनिश्चित रहेकोे आकालन गर्न थालिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.