
अजय सहानी , कपिलवस्तु
हाल गर्मी बढे संगै जिल्लाका अधिकान्स ठाउँमा पानीको अभाव देखिएको छ । भुमिगत पानीको सतह घटदा उक्त अभाव देखिएको हो ।
कपिलवस्तुमा अझै पनि अधिकांस जनता भुमिगत पानीलाइ नल्काबाट तान्दै खाने गरेका छन् । जिल्लामा ८०% मानिस नल्का र धाराको पानी खाने गरेका छन् । २०% मानिस भने अझै अन्य प्राकृतिक स्रोतबाट पानी खाने गरेका छन् । जस मध्ये ४५४८३० ब्यक्ति नल्काबाट पानी खाने गरेको र ९६७१९ ब्यक्ति ओभर हेड ट्यान्कबाट धारा मार्फत बितरण हुँदै आएको पानी खाने गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्यांकले देखाउछ ।
अब भने बिस्तारै नल्कामा पानीको मात्र कम हुँदै गएको देखिएको छ । अहिले नल्काबाट पहिलेको तुलनामा पानी कम आएको र मोटरले समेत पानी तान्न नसकेको पिडा गाउँ गाउँमा देखिएको छ । जिल्लामा अहिले पहिलेको भन्दा बढी गहिराईमा नल्का गाडेमात्र पानी आउने गरेको नल्काका मिस्त्रीहरु बताउँछन् ।
जिल्लामा रहेका पोखरी , ताल तलैया अतिक्रमण भइ पटान हुँदै गएका छन् । धेरै ताल तलैया पोखरी पटान गरि भवन लगायत भौतिक संरचना निर्माण गरिएका छन् । चुरे क्षेत्रका खोलामा बलुवा गिट्टिका लागि अत्यधिक दोहन गर्दा खोलामा समेत पानी नरुकने अवस्था सिर्जना भएको छ । खोला गहिरो पारिदा जमिन मुनी रहेको पानीको सतह घटदै गएको छ । चुरे दोहन संगै ब्यापक बन फडानी र गाउँघरमा समेत पहिलेको तुलनामा रुख कम हुँनुले समेत भुमिगत पानीको सतहमा असर पुगेको छ ।
जथाभावी पोखरी पटान र अतिक्रम हुँदा बर्खाको पानी जमिनको माथील्लो सतह बाटै बगेर जादा जमीन भित्र पानी पुग्न नसक्दा समेत भुमिगत पानीको सतह घटदै गएको हो । जमिनबाट पानी निकाल्दै जथाभावी प्रयोग गरिनु र जमिनले पुन बर्खाको पानी सोसेर जमिन रिचार्ज नहुनु पानीको सतह घटने एक मुख्य कारण हो । यस्तै ब्यापक खोला दोहनले गर्दा खोलामा आएको पानी सरसरति बगेर जादा जमिनले चाहिने जतिको पानी सोसेर भुमिगत पानीको सतह रिचार्ज नहुनु ठुलो समस्याको रुपमा देखिएको छ ।

यसै विषयमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तौलिहवाका डिभिजन प्रमुख कमल प्रसाद पन्त संग कुराकानी गर्दा उहाँले हाल भुमिगत पानीको सतह डेढ देखी दुइ मिटरसम्म घटेको अनुमान गरिएको बताउनु भएको छ । उहाँले अत्यधिक चुरे दोहन , बाताबरण प्रतिकुल बिकास , आंशिक बर्षा , तालतलैया पोखरी पटान हुनु , बन फडानी हुनु लगायत कारणले गर्दा पानीको सतह घटदै गएको बताउनु भएको छ ।
पन्तले प्राकृतिक पानीको स्रोत र पानीको सतह बचाउनका लागि बोट बिरुवा बढी मात्रामा लगाउन , पोखरी तालतलैयाको पटान र अतिक्रम रोक्न , चुरे दोहन रोक्नुका साथै बिकास निर्माणका कार्य बाताबरण अनुकुल गर्न पर्ने बताउनु भएको छ ।
पानीको घटेको सतह पुन स्थिर हुने वा घटदै जाने बारे बुझ्दा २-४ पटक भारीमात्रामा पानी परे हाल घटेको पानीको सतह पुन रिचार्ज भइ स्थिर हुन सक्ने समेत डिभिजन प्रमुख पन्तले बताउनु भएको छ ।
हाल मानिसको जनसंख्या वृद्धि संगै पानीको प्रयोग बढेको छ । अझैपनि अधिकांस मानिस भुमिगत पानीमा आस्रित छन् । भुमिगत पानीको अत्यधिक प्रयोगले गर्दा समेत भुमिगत पानीको सतह घटदै गएको छ । भुमिगत पानी निकालिए जति पुन जमिनमा रिचार्ज नहुदा भबिस्यमा पानीको ठुलो अभाव समेत हुन सक्ने बिज्ञले बताउँछन् ।
