नेपाल बङ्ग‌लादेश बैंक चैनपुर शाखाद्वारा जयपृथ्बी नगरपालिका भित्रका ६ विद्यालयमा सामाग्री वितरण

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
नेपाल बङ्गलादेश बैक चैनपुर बझाङ द्वारा जयपृथ्वी नगरपालिकाका विभिन्न विद्यालय Water Dispenser र प्लाष्टिक पानी जार वितरण गरिएको छ ।

आज एक कार्यक्रमका विच नगरपालिकाकाकाे जयपृथ्बी बहुमुखी क्याम्पस ,पान्डु माध्यामिक विद्यालय , बाल बिकास माध्यामिक विद्यालय,भवानी माध्यामिक विद्यालय, नमुना आधारभुत विद्यालय र भवानी आधारभुत विद्यालय लाई १/१ थान Water Dispenser र Plastic Water Jar लगाएतका सामाग्री वितरण गरेको बङ्गलादेश बैकका कर्मचारी प्रकाश खड्काले बताए ।

sahani furniture udyog

जिल्लामा रहेको नेपाल बङ्ग‌लादेश बैंक चैनपुर शाखाका प्रबन्धक प्रकाश खड्काले बिद्यालयका प्रधानाध्यापक,क्याम्पस प्रमुख लाइ सामाग्री हस्तान्तरण गर्नुभएको थियाे । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल बङ्ग‌लादेश बैंक चैनपुर शाखाका प्रबन्धक प्रकाश खड्का ले बैंकले यश अघि नि सामाजिक कार्यमा सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग कार्य जारी राख्ने प्रतिबद्धता जारी गरेका छन ।

त्यसै गरि बिद्यालयका प्रधानाध्यापक तथा क्याम्पस प्रमुख ले बिद्यालयलाई सामाग्री हस्तान्तरण गरेकोमा बिद्यालय परिवारका तर्फबाट हार्दिक आभार प्रकट गर्नु भएको थियो । साथै उहाहरुले चाडै नबिल बैक सङग यकिकृत कारोबार सुरु गर्न गइरहेको नेपाल बङ्गलादेश बैंक लाई आगामी यकिकृत कारोबार को सफलताको शुभकामना समेत दिनु भयको छ। नबिल बैक र नेपाल बङ्गलादेश बैक लि. बिच यहि असार २७ गते सोमबार बाट यकिकृत कारोबार नबिल बैकको नाम बाट हुर्दैछ् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.