पार्टी नेतृत्वबाट रुष्ट भइ अनेरास्ववियुका विद्यार्थी नेताहरूको सयुक्त राजीनामा

0
Quantam abroad studies

कपिलवस्तु , असार २७
नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कपिलवस्तुका पदाधिकारीहरुले संयुक्त राजिनामा दिएका छन् ।

सोमबार बिद्यार्थी संगठनका जिल्ला उपाध्यक्षहरु विजय पौडेल (आभाष) , मधुसुदन गन्धर्भ, कोषाध्यक्ष कमल बन्जाडे, सहसचिव गोरखनाथ यादव र सुमन घिमिरेले संयुक्त राजीनामा पत्र जारी गरि राजिनामा दिएको जानकारी गराएका छन् ।

नेकपा माओवादी केन्द्र कपिलवस्तुले विद्यार्थी संगठनलाई हरेक कुरामा बेवास्ता र छलकपट गर्दै संगठनको अपहेलना गरिरहेको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी विगत देखि नै पार्टी तथा नेतृत्व पंक्तिले संक्रियरुपमा काम गरिरहेका विद्यार्थी कार्यकर्ताको संरक्षण , सहयोग लगायतको सवालमा कुनै किसिमका चासो नदिएको समेत उक्त पत्रमा आरोप लगाइएको छ ।

sahani furniture udyog

संगठनले पार्टीको नेतृत्व पंक्ति संग पटकपटक विभिन्न विषयमा छलफल र सहयोगको प्रयास गर्दा नेतृत्वले कुनै मतलब नगरेको लगायत कारणले गर्दा आफुहरुले नेतृत्व तहबाट संयुक्त राजिनामा दिएको बिद्यार्थी नेता बिजय पौडेलले बताएका छन्।

राजिनामा दिए पनि अन्याय, अत्यचार विरुद्ध लड्दै विद्यार्थी आन्दोलनको क्षेत्रमा निरन्तर लागि रहने प्रविबद्धता विद्यार्थी नेताहरू राजिनामा पत्र मार्फत जनाएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.