पश्चिम नेपाल विकास ट्रष्टमा नेतृत्व चयन

0
Quantam abroad studies

बुटवल , साउन १
पश्चिम नेपाल बिकास ट्रष्टको ७ औं साधारण सभा तथा चौथो अधिबेसनले नया नेतृत्व चयन गरेको छ ।

अधिवेशनबाट अध्यक्षमा मोम प्रसाद गुरूङ चयन भएका छन । ११ सदस्यीय समितिको उपाध्यक्ष माधव प्रसाद आचार्य, सचिव पदमलाल घिमिरे, कोषाध्यक्ष लक्ष्मी अधिकारी, सह सचिव राधा बेल्वासे, सहकोषध्यक्ष ओमी पुन चयन भएका छन । त्यस्तै सदस्यहरुमा नमनारायण बेल्वासे, इन राना, देवी प्रसाद घिमिरे, अनमिका घिमिरे र मथुरा पाण्डे चयन भएका छन । नया नेतृत्वलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान तथा सपथ गराएको छ । निर्वाचन समितिको संयोजक विष्णु घिमिरे, सदस्यहरु गोपाल प्रसाद भुसाल र प्रकाश गौतम रहेका थिए ।

साधारण सभा तथा अधिबेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै गैर सरकारी संस्था महासंघ का केन्ीय सल्लाहकार सुमित्रा शर्माले गैर सरकारी क्षेत्रले खेलेको भुमिकाका बारेमा चर्चा गरेकी थिइन । उनले ट्रष्टले सामाजिक क्षेत्रमा खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी रचनात्मक काम गर्न सुझाव दिइन ।
त्यस्तै गैसस महासंघ लुम्बिनी प्रदेश अध्यक्ष जित कुमारि बेल्बासे, रुपन्देही जिल्ला अध्यक्ष धर्मराज घिमिरे, रुरुक्षेत्र धाम, ऋषिकेश मन्दिर, श्री गायत्री माता मन्दिर गुरुकुलमका मुख्य पुजारी धनपति पाण्डेलगायतले ट्रष्टले सामाजिक क्षेत्रमा खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।

sahani furniture udyog

साधारण सभा तथा अधिबेशनले अध्यक्ष गौरीमाया थापाको प्रतिवेदन, सचिव माधवप्रसाद आचार्यको प्रतिवेदन र कोषाध्यक्ष पदमलाल घिमिरेको प्रतिवेदन पारित गरेको थियो । प्रमुख सल्लाहकार भुसाल सम्मानित उक्त कार्यक्रमा संस्थाको स्थापना देखि सस्थालाई अगाडी बढाउन महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रमुख सल्लाहकार गोपाल प्रसाद भुसाललाई सम्मान गरिएको थियो । गैसस महासंघ का केन्द्रीय सल्लाहकार सुमित्रा शर्मा र ट्रष्टका अध्यक्ष गौरीमाया थापाले भुसाललाई सम्मान पत्रद्धारा सम्मान गरेका थिए ।

गौरीमायालाई सस्थाको सम्मान सोही कार्यक्रममा नव निर्वाचित अध्यक्ष मोमप्रसाद गुरूङले संस्थाको नेतृत्वमा रहेर महत्वपूर्ण भुमिका निर्वाह गरेकी गौरीमाया थापालाई संस्थाको तर्फबाट सम्मान पत्रद्धारा सम्मान गरेका थिए । गौरीमायाले सस्थाको अध्यक्षका रुपमा सात वर्ष नेतृत्व गरेको ट्रष्टले जनाएको छ । एक दसकसम्म विभिन्न जिम्मेवारीमा रहेर गौरीमायाले सस्था मार्फत समाज सेवामा सक्रिय रहेको पनि ट्रष्टले जनाएको छ ।

गुरुकुललाई सहयोग कार्यक्रममा गुल्मीको रिडी क्षेत्र धाम गुरुकुलमका २५ विद्यार्थिलाई कुर्ता सुरवालको कपडा, कपि, कलम, स्वच्छ वातावरण निर्माणका लागि योगदान गर्न प्रेरणा दिने सन्देश भएको सचेतना बोर्ड र गुल्मीको श्री बुद्धि विनोद आधारभुत विद्यालयका अति विपन्न २ जना विद्यार्थीलाई कपि र पेन हस्तान्तरण गरिएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.