मायादेवी गाउँपालिका का अध्यक्षलाई स्वयंसेवक शिक्षक संरक्षण समिति ज्ञापनपत्र बुझाउदै , माग पूरा नभए चरणबद्ध रुपमा अन्दाेलन गर्ने शिक्षकहरुकाे चेतावनी

0
Quantam abroad studies

कपिलवस्तु – स्वयंसेवक शिक्षकको म्याद थप नगर्ने निर्णय गरेको मायादेवी गाउँपालिका विरुद्ध स्वयंसेवक शिक्षक संरक्षण समिति विरोधमा उत्रिएकाे छ । यस गाउँपालिकाले एक सूचना जारी गर्दै आव ०७९/८० का लागि स्वयंसेवक शिक्षकलाई साउन १ गते देखि हाजिरी नगर्ने जनाएको थियो ।

उक्त निर्णयलाई सच्याउनका लागि स्वयंसेवक शिक्षक संरक्षण समिति मायादेवी गाउँपालिका का अध्यक्ष सुनिल कुमार पाण्डे , सचिव विरेन्द्र यादव ले हस्ताक्षर सहित शिक्षकहरुकाे सहभागीतामा मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानलाई ज्ञापनपत्र बुझाएका छन् ।

sahani furniture udyog

स्वयंसेवक शिक्षकहरु थाेरै तलब भत्ता सुविधा लिएर बिहान देखि बेलुका विद्यार्थी भाइबहिनीहरुकाे सिगान पुछ्दै उहाहरुलाई माया ममता प्रदान गर्दै अाएका शिक्षकहरु माथि अासर ३१ गते काे पत्रले धेरै धक्का दिइएको महसुस भएको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।

देशमा बेरोजगारीकाे समस्या यथावत रहेको अवस्थामा स्थानीय सरकारले यसरी कार्यरत विभिन्न तहका सबै स्वयंसेवक शिक्षकहरुलाइ प्राेत्साहन गर्नुकाे साटाे झन बेरोजगार बनाउने कार्यकाे थालनी गरेको मा घाेर भत्र्सना गर्दै यथाशीघ्र साे निर्णय फिर्ता लिई शिक्षकहरुलाई विद्यालयमा हाजिर गराइ कामकाजमा खटाउने वातावरण निर्माण गरी विद्यार्थी र अभिभावकहरुकाे चिन्ता समेत समाधान गर्न हार्दिक अनुरोध गर्दै जाेडदार माग गर्दछाै ।

प्रेस विज्ञप्तिमा उल्लेख छ कि हाम्रो यस मागलाई बेवास्ता गरिएको खण्डमा चरणबद्ध रुपमा शान्तिपूर्ण अन्दाेलन गर्न बाध्य हुनेछौं जसबाट हुने जाने असर प्रति स्वयं गाउँपालिका जिम्मेवार हुनेछ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.