मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत ) सम्बन्धी सराेकारवालाहरु संग अन्तरक्रिया

0
Quantam abroad studies

धनी राम काेरी , ताैलिहवा , भदौ ७
कपिलवस्तु जिल्ला सदरमुकाम ताैलिहवामा ” निर्वाचन : सबै , सधै , सँगै ” भन्ने मुल नाराका साथ मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत ) २०७९ सम्बन्धी सराेकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

यहि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई कसरी सुशासन , भयरहित , शान्तिपूर्ण र मत बदरलाई कम गर्न भनी सम्बन्धी सराेकारवालहरु संग अन्तरक्रिया भएको छ ।

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत ) कार्यक्रम , २०७९ देहायका क्रियाकलाप सहित सञ्चालन हुने हुदा सम्बन्धी सबैकाे जानकारीका लागि सुचना प्रकाशन गरिएको छ ।

जिल्ला भित्र ६ वटा नगरपालिका , ४ वटा गाउँपालिका र ९६ वडाहरु रहेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ वटा र प्रदेश सभा काे क्षेत्र ६ वटा रहेको छ। निर्वाचन कार्यालयकाे प्रस्तावित मतदान स्थल २३५ र मतदान केन्द्र ४६८ रहेको छ भने अहिलेसम्म कपिलवस्तुमा ३ लाख ८२ हजार ३७ मतदाता संख्या रहेको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भन्नु भयो कि स्थानीय तहकाे निर्वाचनमा देखिएका समस्यालाई समाधान गरेर जानू पर्छ र अब अाउने प्रदेश र संघको निर्वाचनमा त्याे समस्या पुन: नअाउनकाे लागि काम गरिरहेका छाै । निर्वाचनमा धेरै मत बदर भइरहेको पाइन्छ । याे समस्या समाधान गर्नकाे लागि निर्वाचन सम्बन्धी सर्वसाधारणलाई शिक्षा दिनु पर्छ । स्थानीय कर्मचारीलाई अर्को स्थानमा पठाउने व्यवस्था गरिने प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी गराउनु भयो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रकाे अध्यक्षतामा र जिल्ला निर्वाचन कार्यालयकी सूचना अधिकारी अनिता क्षेत्रीकाे संचालनमा सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा राजनीति दलका प्रतिनिधि , नेपाल प्रहरीका प्रमुख , शस्त्र प्रहरीका प्रमुख , केही पालिकाका प्रमुख प्रशासकीय अधिकृत ,संघसंस्थाका प्रतिनिधि , गैरसरकारी संस्थाका प्रतिनिधि र संचारकर्मीहरुकाे सहभागीता रहेको थियो ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.