बर्षौ देखि बन्द रहेको हरियाली डीप बोरिङ पुन संचालनमा २ हजार बिघा खेतमा सिचाइ

0
Quantam abroad studies

कपिलवस्तु , भदौ ७
जिल्लाको महाराजगन्ज नगरपालिका वार्ड नं. ११ बलरमवापुर गाउँको पश्चिममा रहेको हरियाली डीप बोरिङ पुन सञ्चालनमा अाएको छ ।

स्थानीयहरुको भनाई अनुसार बि.स. २०५७ मा जाडन भएको बोरिङ बि.स. २०५८ देखि नै बन्द भएको थियो ।त्यहाँका गाउँलेहरुले सो डिप बोरिङ पुन संचालन गर्न पटकपटक स्थानीय सरकार र जनप्रतिनिधि संग माग गरे हाल सम्म सुनुवाइ भएको थिएन ।

हाल वडा नं. ११ का अध्यक्ष धर्मेन्द्र कुमार पुरीले भने बर्षाै देखी बन्द रहेको डिप बोरिङ पुन संचालन गर्न सक्रियता देखाएसंगै बोरिङ पुन संचालनमा आएको छ । उनले उक्त बोरिङ पुन संचालनमा ल्याउन आफ्नो ब्यक्तिगत लगानी समेत गरेका छन् । यस्तै नेपाल बिधुत प्रधिकरण कृष्णनगरका प्रमुख कमर अलम खाले समेत सो बोरिङ संचालनमा महत्त्वपूर्ण भुमिका निर्बाहा गरेको स्थानीयको भनाइ रहेको छ । आज दिउसो करिब १२ बजे उक्त बोरिङ संचालनमा आएको हो ।

हाल बर्खा नहुदा खेतमा रहेका धान लगायत अन्नबाली सुख्न थाले पछि किसान चिन्तित बनेका थिए । तर हरियाली डिप बोरिङ पुन संचालनमा अएसंगै त्यस गाउँका बासिन्दा खुशी भएका छन् । सो बोरिङले २ हजार बिघा भन्दा माथी खेतमा सिचाइ हुने भएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.