एनआईसि एशिया बैंक बझाङमा कार्यरत एक कर्मचारी मृत फेला आफन्त द्वारा कार्यलय ताेडफाेड

0
Quantam abroad studies

दोरेन्द्र खड्का , बझाङ
एनआईसि एशिया बैङ्क बझाङमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् । मृत फेला पर्नेमा जयपृथ्वी नगरपालिका –११ पिठालेक घर भएका बर्ष ५२ का रोहित थापा रहेका छन् ।

उनी भदौ ३ गते देखि कसैको सम्पर्कमा नरहेको उनका आफन्त रतन थापाले जानकारी दिनुभयो । थापा बुधबार जिल्लाको केदारस्युँ गाउँपालिकाको चौडाम बगर नजिकै सेती नदीमा मृत अवस्थामा फेला परेका थिए । थापा करिब ३ बर्ष देखि एनआईसि एसिया बैङ्कमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेको आफन्तले जानकारी दिएका छन् ।

थापा भदौ ३ गते साँझ ६ बजेपछी अफिसबाट विदा भएपछी भोली पल्ट अफिस नआएर सम्पर्क विहिन भएको बुझिएको छ । आज मृतक थापाका आफ्न्तले बेपत्ता भएको एक हप्तासम्म पनि बैंकले आफुहरुलाई जानकारी नदिएको र खोजतलासी नगरेको भन्दै बैंकमा पुगि नाराबाजी सहित ढंगामुडा गरेका छन् । दिउसो देखी नेपाल प्रहरी, शसस्त्र प्रहरीले बैंकमा सुरक्षा दिएको छ ।

मृतक थापाका आफन्तले शव बुझ्न मानेका छैनन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत राखिएको र घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताउनुभयो ।

यसैगरी बैंकमा असुरक्षा भएको भन्दै केहि दिन सुरक्षाको घेरामा राखेर सेवा संचालन गरिने डिएसपी भण्डारीले बताउनुभयो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.