अब महिलाहरु राजनैतिक क्षेत्रमा अग्रसर हुनुपर्छ :- अध्यक्ष रावल

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु
राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन कपिलवस्तुको दोस्रो अधिवेशनबाट जिल्ला अध्यक्षमा तारावती छिपीको अध्यक्षतामा २१ सदस्यीय महिला संगठन गठन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय अध्यक्ष अञ्जना रावलले देशमा भइरहेको अत्याचार, विकृति, अन्याय विरुद्ध नैतिक जिम्मेवारीले लिनुपर्ने बताउनुभयो । यसको विरुद्ध चुप लागेर होइन जोडदार आजाव उठाउनुपर्ने अवस्था आएको उहाँले जिकिर गर्नुभयो ।

उहाँले ५१ प्रतिशत महिला रहेको बताउँदै अब महिलाले राजनैतिक क्षेत्रमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । कानुन महिला मैत्री भए पनि कार्यान्वयन फितलो भएको रावलको भनाई छ । उहाँले महिलाहरुले आफ्नो हक, अधिकारबारे कम जानकार भएको हुनाले देशभरका महिलालाई बुझाउन आवश्यक रहेको बताउनुभयो ।

sahani furniture udyog

कार्यक्रममा राप्रपाकी केन्द्रीय सदस्य देवी घिमिरे, सरिता देवकोटा, ध्रुव रायमाझी, प्रमोद मिश्रा, राप्रपा लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, राप्रपा कपिलवस्तु जिल्ला अध्यक्ष नारायण बहादुर सिंह कृष्णनगर नगर अध्यक्ष जय प्रकाश गुप्ता लगायतले मन्तव्यसहित चयन भएका सबै पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा दिपक रजौरियाले तिजको दर खुवाएर शुभकामनासमेत व्यक्त गर्नु भएको थियो । कार्यक्रम चमेली केसीको अध्यक्षता तथा प्रेम शंकर शुक्लाको सञ्चालनमा सम्पन्न भएको जनाइएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.