राप्रपाको स्वास्थ्य विभागमा प्रकाश रजौरिया मनोनित

0
Quantam abroad studies

शहबाज खान , कपिलवस्तु
जिल्लाको राजनैतिक तथा सामाजिक क्षेत्रमा आफ्नो अलगै पहिचान बनाएको “रजौरिया” परिवार बाट युवा पुस्ता राजनीतिमा समाजसेवाको भावनाले प्रवेश गरेकोमा विशेष गरेर कपिलवस्तु क्षेत्र नं ३ का जनताको विकासको चाहना पूरा हुने आशा जागेको छ ।

स्मरण रहोस राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना काल देखि नै यस परिवारको त्यस पार्टी प्रति योगदान रही आएको छ । यसै क्रममा युवा पुस्ताका शिक्षा तथा स्वास्थ्य सेवा व्यवसायमा संलग्न रहेका जुझारु तथा स्पष्ट वक्ता प्रकाश रजौरिया लार्इ राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान अनुसार स्वस्थ्य विभागको केन्द्रीय सदस्यमा नियुक्त गरिएको समाचार प्राप्त भएको छ । समाजसेवी प्रकाश रजौरिया कृष्णनगर नगरपालिका वाड नं १ शिवनगर निवासी हुन ।

sahani furniture udyog

मिति २०७९।०५।०९ गतेका दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको हातबाट नियुक्ति पत्र बुझेका रजौरिया प्रति नगर,जिल्ला,प्रदेश तथा केन्द्रीय नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले खुशी व्यक्त गरेको देखिन्छ । सोसल मिडियाका साथ साथै प्रत्यक्ष भेट गरी बधार्इ तथा शुभकामना व्यक्त गर्नेहरुको संख्या पनी ठुलै देखिन्छ ।
केन्द्रीय सदस्य रजौरियाले यस नियुक्ति संगै थप जिम्मेवारी तथा सेवा भावना वढेको अनुभूति भैरहेको बताए ।

आफ्नो दक्षता शिक्षा तथा स्वस्थ्य सेवामा भएको र कपिलवस्तु क्षेत्र नं ३ शिक्षा तथा स्वस्थमा निकै पछाडी रहेकोले कम्तीमा पचास वेडको अस्पताल तथा स्नातक सम्म अध्ययन गर्न सकिने शिक्षा संस्था स्थापना गर्ने तर्फ पहल गर्ने वचन वद्धता व्यक्त गरे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.