कपिलबस्तुमा अज्ञात समुहद्वारा गोली प्रहार, एकको ज्यान गयो।

0
Quantam abroad studies
फ़ाइल फ़ोटो

कमलेश चन्द्र गुप्ता- कपिलबस्तु, भदौ १० गते ।

कपिलवस्तमा अज्ञात समुहद्वारा दिनदहाडै गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । शुक्रबार दिउँसो अज्ञात समूहको गोली प्रहारबाट जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ६ मदरहवा बस्ने ५५ वर्षिय राम समुझ भन्ने घुरहु पासीलाई गोलि प्रहारबाट ज्यान गएको प्रहरीले जनाएको छ ।
पासीलाई मायादेवी गाँउपालिका वडा नं. ५ को महादेवको एक खाली घरमा गोली हनि हत्या गरिएको प्रहरीले जनाएको हो। घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र घटनाबारे थाप छानविन भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.