कञ्चन जेसिजले तिज गित प्रतियोगिता राख्दै

0
Quantam abroad studies

प्रिया अधिकारी , रुपन्देही , भदौ ११
रुपन्देहीको कञ्चन गाउँपालिकामा कञ्चन जेसिज ले महिला हरुको हरितालिका तिज अवसरमा तिज गित प्रतियोगिता आयोजना गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

कञ्चन जेसिजले भदौ १४ गते तिज को दिन कञ्चन गाउँपालिका स्तरीय प्रतियोगिता आयोजना गरिएको कञ्चन जेसिज अध्यक्ष राजन शर्मा ले बताउनु भयो कञ्चन जेसिज ले आयोजना गर्ने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु गायिका कल्पना पाण्डे कुसुम , गायिका रितु थापा, गायक तथा हास्यकलाकार सिरिधर अधिकारी तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ।।कार्यक्रममा सहभागी टिमलाई निशुल्क आफ्नो प्रस्तुति राख्न दिने र मेला हेर्न आउने र पार्किङको समेत कुनै शुल्क नलाग्ने शर्माले बताउनु भयो तिज गित प्रतियोगिता कञ्चन २ गजेडी प्रहरी चौकी नजिकै रहेको फुटबल ग्राउन्डमा हुने बताइएको छ।

तिज गित प्रतियोगिता आयोजना गर्नु मुख्य उदेश्य पुराना लोभ हुँदै गएका गित संगितलाइ सबैले संरक्षण गर्नु पर्ने भन्दै कला साहित्य र गित संगित लाई कञ्चन जेसिज संरक्षण गर्न अग्रसर रहेको बताइएको छ कञ्चन भित्र रहेका सम्पूर्ण आमा समुह क्लब लाई १२ गते देखिनै दर्ता शुरु भएको जानकारी गराउदै निशुल्क दर्ता गरि आफ्नो कला गला देखाउन र भरपुर मनोरञ्जन लिन र कञ्चनका १ देखि ५ वाडसम छिमेकी पालिकालाइ समेत निमन्त्रणा गरिएको छ।कार्यक्रम को अवधिभर सामुदायिक रेडियो कञ्चनले ब्यबस्थापन सगै लाइभ प्रशारण गर्ने छ साथै कञ्चन जेसिज अध्यक्ष राजन पौडेलले यो कार्यक्रममा आफू हरु आयोजना को रूपमा रहेतापनी सञ्चार क्रमी सुरक्षा निकाए बुद्धिजीवी सबैको सहयोगले मात्रै कार्यक्रम सम्पन्न हुने भएकोले सबैले आआफ्नो ठाउँ बाट सहयोग गर्न अनुरोध गर्नु भएको छ ।

आयोजक ले तिज गित प्रतियोगितामा आउदा एउटा बिषय दिएको छ जुन कला र संस्कृतिको जगेर्ना यो शिर्षकमा रहेर सहभागी ले गित गाउनु पर्ने छ कार्यक्रममा केही नियम समेत पालन गर्नुपर्ने भएको छ एक समुहमा गायन र नृत्य गरि बढीमा ८ जना सहभागि हुन पाईने ,गितको समय थोरैमा ३ मिनेट देखी धेरैमा ५ मिनेट सम्मको हुनु पर्ने ,गित मौलिक एवम तिजको भाकामा हुनु पर्ने, गितको मौलिकता, पोशाक, प्रस्तुतीकरण का अाधारमा मूल्याङ्कन गरिने ,सहभागिताको लागि कञ्चन गाउपालिका भित्रकै हुनु पर्ने, निर्णायकको निर्णय नै अन्तिम निर्णय हुने कञ्चन जेसिज ले पत्रकार सम्मेलन गरि कञ्चन जेसिज ले बताएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.