बजार अनुगमनमा तिव्रता किरा परेको सामाग्री फेला

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
जिल्ला प्रशासन कार्यालय बझाङले बजार अनुगमनमा तिव्रता दिएको छ । जिल्लाकाे जयपृथ्वी नगरपालिकामा रहेको सदरमुकाम चैनपुर बजारमा अनुगमन गरिएको हाे ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रमाेद चनकाे नेतृत्वमा गरिएको बजार अनुगमन चैनपुरकाे मल्लाे बजारमा गरिएको थियाे । बझाङमा अनुगमनमा तिव्रता दिएपनि केही पशलहरुमा खाद्यान्न देखि अन्य दैनिक उपभाेग्य सामाग्रीहरु म्याद गएको र खाद्यान्नमा किरा परेको पाईएकाे घरेलु कर्मचारी दशरथ जप्रेलले बताए । आज गरिएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय घरेलु कार्यालय र नगरपालिका प्रहरी प्रशासन सहितकाे टाेली रहेको थियाे । अनुगमनमा म्यान गएका स्वयविन,बिस्कुट ,चाउचाउ किरा परेका दालहरु गरि करिव लाखौंको सामाग्री बरामद गरिएको हाे ।

दशै नजिकिदै गए सँगै प्रशाप्रशासले अनुगमनमा तिव्रता दिएको छ । ३ पटक सचेत गराएको भन्दै आगामी अनुगमनकाे क्रममा यस्तो भेटिए जरिवाना सहित कार्वाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी प्रमाेद चन्दले बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.