
शहबाज खान , कपिलवस्तु
कृष्णानगर नगरपालिका बहादुरगन्जमा रहेको शिवराज अस्पतालमा निर्माणधिन नयाँ भवनको छतमा पानी लिकेज भएको छ।
शिवराज अस्पताल बहादुरगंजमा संघीय सरकारको बजेटको लगानीमा ब्रेभ कन्ट्रक्सन भैरहवाले नयाँ भवन निर्माण गरिरहेको छ। छत ढलान गर्दा कमशल समाग्री प्रयोग वा प्राबिधिकहरुको चर्म लापरबाहीले मात्रै पानी लिकेज समस्या हुने जानकारहरु बताउछन। ब्रेभ कन्ट्रक्सन भैरहवाले १ करोड़ ७३ लाख (भेंट सहित) को टेन्डर पारी २ बर्षमा बनाएको भवनको छत लिकेज भएको कृष्णनगर नगरपालिकाका इन्जिनीयर प्रदीप चौधरीले बताएका छन।
इन्जिनीयर चौधरीका अनुसार छत ढलान नगरपालिकाका इन्जिनीयर म आफै र असिस्टेंट इन्जिनीयर मनोज शाक्यको उपस्थितीमा भएको थियो । ढलान गर्ने समयमा प्रयोग हुने भायबेरेटर मेशिन राम्रोसँग प्रयोग नभएको र लेवरहरुको लापरवाहीको कारणले ढलान भएको छत लिकेज भएको कुरा प्रदीप चौधरी आफै स्वीकार गरेका छन। ठाउँठाउँमा छत लिकेजलाई बन्द गर्नको लागि ढलान भएको छत माथि चिपिंग गरि पुनः२ इन्च मोटो ढलान गर्ने तैयारी रहेको इन्जिनीयर चौधरीले बताएका छन।

ब्रेभ कन्ट्रक्सन भैरहवाका अमित श्रीवास्तव अनुसार हामीले डिजाइन र इस्टीमेट अनुसार सामाग्री प्रयोग गरि निर्माण गरेका थियौ । नयाँ भवन निर्माण गर्दा उक्त नगरपालिकाका प्राविधिकहरुको उपस्थिती र सुझाव सल्लाह अनुसार काम गरेको दावी गरेका छन। नयाँ छत ढलान लिकेज हुदा दोष कसको? ब्रेभ कन्ट्रक्सनको कि नगरपालिकाले आफ्नै रेखदेखमा ढलान गराउनको लागि खटाएका इन्जिनीयरहरुको ? भन्ने प्रश्न उठी रहेको छ।
कृष्णानगर नपा वडा १२ मा ब्रेभ कन्ट्रक्सन भैरहवाले बनाएको स्वास्थ्य चौकी भवनमा पनि कमसल समाग्री प्रयोग गरेको जनगुनासो र समाचारहरु आए पछि नगरपालिककाले अनुगमन गरेको थियो। कृष्णनगर नगरपालिका भित्र भौतिक पुर्वाधार निर्माण कार्यहरुमा चर्म लापरवाही दिन दिनै बढदै गए पनि नगरपालिका व सम्बन्धित निकाय मौन बसेको स्पष्ट देखिन्छ। ठेकेदारहरुले लापरवाही गरि निर्माण गरेको कार्यहरुको स्थानियहरुद्वारा विरोध गरेपछि मात्रै नगरपालिकाको ध्यान पुग्ने गरेको छ ।
नगरपालिकाको प्रविधिकहरुको उपस्थितीमा कार्य हुँदा गुणस्तर कम्जोर हुनु ती प्राबिधिकहरुको नियतमाथि नै शंका उठने गरेको छ ।
