

शत्रुघन खरविन्द , कपिलवस्तु , भदौ २२।।
कपिलवस्तुमा स्वास्थ्य आपतकालिन प्रतिकार्य परियोजना समापन कार्यक्रम सम्पन्न भएको छ । USAID र स्वास्थ्यको लागि सक्षम प्रणाली को सहियोगमा जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु बाट संचालित परियोजना कपिलवस्तुको तौलिहवामा रहेको होटल शक्ति इन्टरनेशनलमा एक कार्यक्रमको बिच समापन गरिएको हो । जिल्लाको महाराजगन्ज नगरपालिका , कपिलवस्तु नगरपालिका , कृष्णनगर नगरपालिका , शिवराज नगरपालिका , बाणगंगा नगरपालिका , बुद्धभुमि नगरपालिका , विजयनगर गाउँपालिका , शुद्धोधन गाउँपालिका , यशोधरा गाउँपालिका र मायादेवी गाउँपालिकामा यो परियोजना संचालन रहेको थियो ।
कोभिड–१९ कोरोना भाइरासबाट बच्ननको लागि स्वास्थ्य आपतकालिन प्रतिकार्य परियोजनाले समन्वय , योजना र अनुगमन , जोखिम संचार र सामुदायिक संलग्नता , निगरानी , आरआरती र केस अनुसन्धान , बिन्दु को प्रवेश , प्रयोगशाला सुदृढीकरण , संक्रमण रोकथाम र नियन्त्रण , केस व्यवस्थापन , परिचालन समर्थन र रसद , खोप सहयोग कार्यक्रम र अन्य सहयोग लागयत बुदमा रहेर कार्यक्रम संचालन भएको परियोजनका सयोजक बसुदेव देव सवाकोटले जनकारी दिनुभयो । स्वास्थको लागि सक्षम प्रणालीको ईमर्जेन्सी प्रतिकार्य कन्योनेन्ट फेज आवट भए तापनि कार्यक्रम जुल २०२३ सम्म रहने बताइएको छ ।
कर्मचारी भित्र अनुशासन र हातेमलो गरेर आगडी बढे मात्रै विकास र स्वास्थ्यमा फाडको मर्नसक्ने शिवराज नगरपालिकाका प्रमुख अजय थापाले बताउनु भएको छ । बैशाख बाट निशुल्क शिक्षा सुरु हुदैछ । स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखेर काम गर्ने र स्वास्थ्य सेवा निशुल्क र गुणस्तरीय हुनु आजको अवश्यकता रहेको नगर प्रमुख थापाको भनाई थियो ।
कपिलवस्तु जिल्लामा पहिले पहिले स्वास्थ्यको अवस्था धेरै नै नराम्रो थियो तर अहिले विस्तारै विस्तारै सुधार हुँदै गइरहे कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनु भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि सबैले आ–आफ्नो ठाउँ बाट सहयोग गर्न पौडेलले आग्रह गर्नु भयो । स्वास्थ्य सेवाको बारेमा सर्वसाधारणलाई शिक्षा दिए मात्रै विभिन्न रोगब्याधि बाट बाच्न सक्निे जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेयले बताउनु भएको छ । पालिकाहरु स्वास्थ्य मैत्री बजेट ल्याए मात्र स्वास्थ्यमा कपिलवस्तु जिल्ला फाडको मार्न सक्निे पाण्डेयले बताउनु भयो ।
उक्त कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा , शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी , महाराजगन्ज नगरपालिका कि उपप्रमुख रीता कुमारी कुर्मी र विभिन्न पालिकाका स्वास्थ्य शाखाका संयोजक र सहसंयोजकहरुको सहभागीता रहेको थियो ।कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेय अध्यक्षता र कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको प्रमुख अतिथतामा भएको थियो । कार्यक्रमको संचालन उमेश घिमिरेले गर्नुभएको थियो भने परियोजनका सयोजक बसुदेव देव सवाकोट सहाजिकरण गर्नु भएको थियो ।
