मदरसा दारुलउलुम अहिले सुन्नत गौसिया प्राविको व्यवस्थापन समिती गठन

0
Quantam abroad studies
sahani furniture udyog


मनोज माली/कृष्णनगर
मदरसा दारुलउलुम अहिले सुन्नत गौसिया प्रा.वि भगवान‌पुरको विद्यालय व्यवस्थापन समिती गठन भएको छ।
कपिलवस्तुको कृष्णानगर नगरपालिका वडा १२ भगवानमा रहेको मदरसा दारुलउलुम अहिले सुन्नत गौसिया प्रा.वि भगवानपुरको व्यवस्थापन समिती अध्यक्षमा शाह मोहम्मद डफाली सर्वसहमति चयन भएको प्रा.विका प्रधानाध्यापक मुजम्मिल मुसलमानले बताएका छन।
प्रधानाध्यापक अनुसार शाह मोहम्मद डफाली सहितको समितीले निरन्तर उक्त मदरसाको हक हितको लागि गरि रहेका छन वहाहरुको‌ निकै योगदान रहेको छ। कृष्णनगर नगरपालिकाको सब भन्दा दुर्गम पछाडिएको वडामा हामी निरन्तर शिक्षा दिनेकाम गरि रहेको बताउदै नवनिर्मित व्यवस्थापन समिती लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना समेत व्यक्त गरेका दिए।
अध्यक्षमा शाह मोहम्मद डफाली सदस्य मो. रफीक खां, मुस्लिम धुनिया, सामिना खातुन नाऊ,रुविया खातुन,अजिजुल्लाह मु.,हाफिज धुनिया,प्र.अ मुजम्मिल मुसलमान र शिक्षक अनुप कुमार पासी रहेका छन।
उक्त व्यवस्थापन समिती गठन गर्दा वडाका भद्रभलादमी शिक्षा तथा स्वास्थ्यप्रेमी जनप्रतिनिधिहरुको उपस्थिती‌ रहेको व्यवस्थापन समितीले बताएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.