प्रहरी पाेष्ट मेटेलाकाे उद्घघाटन

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
जिल्लाकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ काे बगडगाउँमा अस्थायी प्रहरी पाेष्ट बगडगाउकाे उद्घघाटन भएको छ ।

आज एक कार्यक्रमका विच छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ का अध्यक्ष करनजङ्ग बहादुर सिँहकाे अध्यक्षताका सुरु भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालीका अध्यक्ष बसन्त चलाउने विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल विरभद्रजङ्ग गुल्मका मेजर तेजेन्द्र मगर शस्त्रप्रहरी बल बझाङका डिएसपी नेत्र केशी डिएसपी जागेश्वर भण्डारी लगाएत जनप्रतिनिधि र जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियाे ।

sahani furniture udyog

अस्थायी प्रहरी पाेष्ट मटेलाकाे उद्घघाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी जागेश्वर भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियाे । स्थानीय विरेन्द्र गिरी शान्ति गरी रगुप्रशाद गिरी लगाएतका स्थानीयहरुले निशुल्क जग्गा उपलब्ध गराएपछि पक्की भवन निर्माण गरिएको थियाे । जग्गा उपलब्ध गराउने उहाहरुलाई टीका सहित दाेसल्लाद्वारा सम्मान गरिएको हाे । यसरी प्रहरीलाई सहयाेग गरेको भन्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भन्नू भयाे तपाईंको समुदायले गरेको सहयाेगकाे उच्च मुल्यांकन गर्दै हार्दिक बधाई दिन चाहान्छाै । प्रहरी प्रशासन र जनसमुदाय विच सधै सबै समयमा हातेमालो हुनुपर्छ उहाँको भनाइ थियाे । पुर्व वडा अध्यक्ष रहेका नयन बाेहराले पनि निकै सहयाेग गरेको भन्दै सबै सहयाेेगीलाई धन्यवाद दिनु भयाे ।

कार्यक्रममा बाेल्दै छविस पाथिभेरा गाउँपालीका अध्यक्ष बसन्त चलाउनेले भन्नू भयाे,यस प्रहरी चाैकीलाइ स्थापना गर्न हामीले धेरै सघर्ष गरेका छाै साथै सफल पनि भएको छाै । नजिकै प्रहरी चाैकी भए पछि शान्ति सुरक्षामा राम्रो हुने भन्दै सबैलाई प्रहरी सँग हातेमालो गर्दै अगाडि जानुपर्नेमा जाेड दिनु भयाे । यसले थलारा गाउँपालीका र छविस पाथिभेरा गाउँपालीका विच सहकार्य र सहज हुने दावी गर्नु भयाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.