
कपिलवस्तु , तौलिहवा
अल्पसंख्यक अधिकार संरक्षण मञ्चका अध्यक्ष रविन्द्रनाथ ठाकुरले प्रतिनिधी सभा र प्रदेश सभामा अल्पसंख्यक तथा तथा सिमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चि गर्न माग गर्नु भएको छ ।
मंचका केन्द्रिय अध्यक्ष रविन्द्र नाथ ठाकुरले आज मंगलबार पत्रकार सम्मेलन गरी पछाडि पारिएका अल्पसंख्यक समुदाय मधेसी, जनजाति एवं दलित भित्र पनि पछाडि परेका अल्पसंख्यक समुदायको उत्थानका लागि संघ र प्रदेशमा छुट्टै प्रतिनिधित्वको माग गर्नु भएको हो ।
पत्रकार सम्मेलनका क्रममा अध्यक्ष ठाकुरले जनसंख्या लाइ आधार मानी सुचीकृत गरिएको अल्पसंख्यकको परिभाषाले पछाडि पारिएका अल्पसंख्यक समुदाय लाइ समानुपातिक प्रतिनिधित्वको सवालमा समेटन नसकेको बताए । उनले ‘विभिन्न जिल्लामा पार्टीहरूबाट सिफारिस भएकाहरू समानुपातिक रुपमा मात्र भएको ले न्यायोचीत रुपमा सामाजिक न्यायको सिद्धान्तको आधारमा पछाडी पारिएका अल्पसंख्यक समुदायलाई समावेश गराउन माग समेत गर्नुभयो ।

उहाँले पछाडि पारिएका अल्पसंख्यकको उत्थानका लागि सामाजिक समाबेशी नीति बनाइ तिनै तहको सरकार अघि बढ्नुपर्ने, लक्षित बर्गको सामाजिक शसक्तिकरण एवं भौतिक पूर्वाधारको लागि ३५ प्रतिशत बजेट बिनियोजन गर्न स्थानिय निकाय लाइ निर्देशन गर्न समेत अनुरोध गर्नु भयो । अब पनि पछाडि पारिएका अल्पसंख्यक समुदायलाइ सिफारीस मात्र गर्ने र प्रतिनिधित्व गर्न नदिने हो भने अल्पसंख्यक समुदाय लच्छित वर्गको अधिकार सुनिश्चितताको लागि अल्पसंख्यक समुदायहरुको आन्दोलन होमिन बाध्य हुने बताउन् भयो ।
नेपालमा कुल जनसंख्याको ०.५० प्रतिशत भन्दा कम जनसंख्या भएको समुदायलाई अल्पसंख्यकको सूचिमा सूचिकृत गरिएको छ । नेपालमा रहेका १ सय २५ जात जाती मध्ये ९८ जातजातीहरुलाई अल्पसंख्यकको सूचिमा सूचीकृत गरिएको छ ।
अल्पसंख्यकहरुको सूची सोनार, घर्ती–भुजेल, कलवार, कुमाल, हजाम–ठाकुर, कानू, राजवंशी, सुनुवार, सुढी, लोहार, तत्मा–तत्वा, खत्वे, धोबी, माझी, नुनिया, कम्हार, दनुवार, चेपाङ–प्रजा, हलुवाई, राजपुत, कायस्थ, बढई, मारवाडी, सतार–सन्थाल, झाँगड–धागड, बाँतर–सरदार, बरई, कहार, गनगाई, लोध, राजभर, थामी, धिमाल, भोटे, बिन, गडेरी–भेडिहार, नुराङ, याक्खा, दराई, शेर्पा, ताजपुरिया, थकाली, चिडिमार, पहरी, माली, बंगाली, छन्त्याल, डोम, कमर, बोटे, ब्रह्मू–बरामो, गाइने, जिरेल, दुरा, बादी, मेचे, लेप्चा, हलखोर, पंजाबी–सिख, किसान, राजी, व्यासी–सौका, हयू, कोचे, धुनिया, वालुङ, मुन्डा, राउटे, ह्याल्मो, पथरकट्टा–कुशवाडिया, कुसुन्डा, ल्होमी, कलार, नटुवा, ढाँडी, धन्कार–धरिकार, कुलुङ, घले, खवास, राजधोव, कोरी, नाछिङ, याम्फू, चाम्लिङ, आठपहरिया, सरवरिया, बान्तवा, डोल्पो, अमात, थुलुङ, मेवाहाङ वाला, बाहिङ, ल्होपा, देव, साङपाङ, खालिङ, तोप्केगोला, लोहोरुङ
